सडकका बेसहारा जनावरको सहारा बनेको ‘काट सेन्टर’ गम्भीर आर्थिक संकटमा (तस्बिरसहित)

सडकका बेसहारा जनावरको सहारा बनेको ‘काट सेन्टर’ गम्भीर आर्थिक संकटमा (तस्बिरसहित)
+
-

काठमाडौँ- काठमाडौं उपत्यकाका सडक र गल्लीहरूमा कहिले घाइते त कहिले एक्ला परेका जनावरहरू देखिनु सामान्य लाग्न सक्छ। तर, यिनै अवहेलित र बेसहारा प्राणीहरूको जीवनमा आशाको ज्योति छर्दै आएको छ काठमाडौं एनिमल ट्रीटमेन्ट सेन्टरले।

सन् २००४ मा बेलायती नागरिक तथा कलाकार जान साल्टरद्वारा स्थापित यो संस्थाको यात्रा सडकमा जनावरहरूलाई विष हालेर मारिएको हृदयविदारक दृश्यबाट सुरु भएको थियो। त्यसलाई रोक्न र वैकल्पिक समाधानका लागि उनले भारतको ‘एचआइएस’ सँगको सहकार्यमा पशु बन्ध्याकरण कार्यक्रमलाई मुख्य उद्देश्य बनाएर यो संस्था स्थापना गरिन्। सुरुवाती दिनहरूमा हरिवंश आचार्यको अध्यक्षतामा रहेको यो संस्था अहिले डा. विदुर पियाको कुशल व्यवस्थापनमा सञ्चालित छ।

सीमित स्रोतमा ठूलो चुनौती

हाल संस्थाले सडकका कुकुर र बिरालाहरूको उद्धार, उपचार, बन्ध्याकरण र रेबीज खोपजस्ता महत्त्वपूर्ण कामहरू गरिरहेको छ।

तर, डा. पियाका अनुसार चुनौतीहरू सधैँ विद्यमान छन्। “काठमाडौँमा करिब ३० हजार कुकुरहरू छन् भने हामीसँग जम्मा ३५ वटा मात्र केनल छन्,” उनी भन्छन्, “दैनिक १० वटासम्म उद्धारका लागि फोन आउँछन् तर सीमित स्रोतसाधनका कारण दुई-तीनवटा मात्र लिन सम्भव हुन्छ।”

संस्थामा १० जनाको टिम कार्यरत छ, जसमा दुई पशु चिकित्सक, एक प्राविधिक र अन्य सहयोगी कर्मचारीहरू छन्। उनीहरूले बिहानैदेखि केनल सफा गर्ने, जनावरहरूलाई खाना खुवाउने र प्रत्येकको स्वास्थ्य रेकर्डको निगरानी गर्नेजस्ता कामहरू गर्छन्। यति हुँदाहुँदै पनि मानसिक तनावमा रहेका जनावरहरूको स्याहारका लागि जनशक्तिको अभाव छ। डा. पिया स्वयंसेवकहरूको आवश्यकतामाथि जोड दिँदै भन्छन्, “यदि कसैले ३० मिनेट मात्रै कुकुरहरूसँग खेलेर वा उनीहरूलाई हिँडाउन लैजाँदा पनि उनीहरू निकै खुसी हुन्छन्।”

उपचार र रोग नियन्त्रणमा विशेष ध्यान

सडकमा भेटिने कुकुर र बिरालाहरूमा सडक दुर्घटना, छालासम्बन्धी रोग, डसाइ र कपाल झर्नेजस्ता समस्याहरू सामान्य छन्। पछिल्लो समय यौन सर्न सक्ने ‘CTVT’ ट्युमरको केस पनि बढ्दै गएको छ, जसको लागि संस्थाले ६ वटा विशेष केनल छुट्याएको छ र केमोथेरापी उपचार पनि उपलब्ध गराउँदै आएको छ।

काट सेन्टरले सबै सडकका जनावरहरूलाई रेबीज खोप अनिवार्य रूपमा दिन्छ। डा. पिया भन्छन्, “एकपटक रेबीजको खोप दिएको कुकुरले टोक्दा मानिसलाई तीन डोज लगाउनु पर्दैन। त्यसैले सरकारले यसलाई प्राथमिकता दिनुपर्छ।” उपचारपछि, जनावरहरूलाई फेरि उनीहरूलाई भेटिएको ठाउँमै छाडिन्छ ताकि उनीहरू आफ्नो क्षेत्रमा फर्कन सकुन्।

आर्थिक संकट र सहयोगको अपिल

यो संस्था पूर्णरूपमा दानमा निर्भर छ। राष्ट्रिय दाताहरूबाट प्रायः खाद्यान्न र सामग्री सहयोग हुन्छ भने अन्तर्राष्ट्रिय दाताहरू, पर्यटक र सामाजिक सञ्जालको माध्यमबाट आर्थिक सहयोग प्राप्त हुन्छ।

टोखा र बुढानीलकण्ठ नगरपालिकासँगको सहकार्यबाट केही सहयोग प्राप्त भए पनि काठमाडौँ महानगरपालिकाले वर्षमा एक-दुई पटक मात्रै बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्छ, जुन स्थायी समाधानका लागि पर्याप्त छैन।

हाल सेन्टर गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। जनावरहरूको उद्धार, उपचार, खाना र स्याहारका लागि नियमित र दिगो सहयोग अपरिहार्य भएको छ। यो संस्थाको निरन्तरता र प्रभावकारिताका लागि नागरिक समाज र सरकार दुवैबाट सक्रिय सहयोगको खाँचो छ।

थप तस्बिरहरूः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?