मनको आवाज हराएको गाउँ

मनको आवाज हराएको गाउँ
+
-

आजको युगमा ‘डिप्रेसन’ कुनै नौलो शब्द रहेन। शहरी सभ्यतादेखि ग्रामीण गाउँसम्म, सबैजसो मानिसले कुनै न कुनै रूपमा यस शब्दलाई सुनेका छन्—कसैले अनुभव गरेर, कसैले अरूबाट। तर, डिप्रेसनको गहिरो अर्थ बुझेर त्यसलाई स्वीकार गर्ने र समाधान खोज्ने प्रयास भने अझै पनि ग्रामीण नेपालमा कम छ। विश्व स्वास्थ्य संगठनका अनुसार, डिप्रेसन अबको दशकमा सबैभन्दा ठूलो स्वास्थ्य समस्या बन्ने पूर्वानुमान गरिएको छ। यसको प्रभाव सहरमा मात्र होइन, हाम्रो ग्रामीण समाजमा पनि गहिरो गरी फैलँदैछ। तर, समस्या के हो भने डिप्रेसनलाई अझै पनि “कमजोरी”, “लाजको कुरा”, वा “मनको कुरा मात्र” भनेर हेर्ने चलन ग्रामीण नेपालमा ज्यूँका त्यूँ छ।

मुख्य समस्या: माइन्डको विरामी, बडीको उपचार

ग्रामीण नेपालमा डिप्रेसनका लक्षणहरू देखिन थाले पनि मानिसहरूलाई यसबारे न त सही जानकारी हुन्छ, न त उपचारको पहुँच। मानसिक स्वास्थ्यका सन्दर्भमा जनचेतनाको अभाव छ। मानिसहरू जब पीडामा हुन्छन्, तिनले आफ्नो वेदना चुपचाप बोकेर बस्छन्। धेरैजसो अवस्थामा उनीहरू आफ्नो अवस्था व्यक्त नै गर्न सक्दैनन्। औषधिको सहारा लिएर डिप्रेसन निको पार्न खोजिन्छ, तर डिप्रेसन शरीरको होइन, मनको रोग हो। हामी शरीरको औषधि खाइरहेका हुन्छौं, तर उपचार त चाहिएको हुन्छ हाम्रो मनलाई ।

किन हुन्छ डिप्रेसन?

डिप्रेसनको कारण धेरै छन्—

• पारिवारिक समस्या

• आर्थिक तनाव

• सामाजिक दबाव

• बेरोजगारी

• वैदेशिक रोजगारीमा जाने र फर्किएपछि सन्तुलन गुमाउने अवस्था

• पढाइ र करियरको असफलता

• आत्म-सम्मानमा चोट

तर मुख्य कारण भनेको मनको कमजोरी हो। मानिस जब आफ्ना भावनाहरू व्यक्त गर्न सक्दैन, तब ती भावनाहरूले मनमै विषजस्ता असर गर्न थाल्छन्।

उपचार: एक्सप्रेस अनि केयर

यदि तपाईं डिप्रेस महसुस गर्दै हुनुहुन्छ भने, सबैभन्दा पहिला त्यसलाई एक्सप्रेस गर्नुहोस्। आफ्ना भावनाहरू कसैलाई सुनाउनुहोस्—मित्र, परिवार, गुरु, वा चिकित्सकलाई। तपाईं एक्लो हुनुहुन्न। त्यसपछि, आफैप्रति केयर गर्न सुरु गर्नुहोस्। आत्म-प्रेम सिक्नुस्। कहिलेकाहीँ हाँस्नुहोस्, सानोतिनो कुरामा रमाउनुहोस्। सामाजिक सञ्जालमा अरूलाई हेरेर होइन, आफ्नै रियालिटीमा बाँच्न सुरु गर्नुहोस्। ‘मनबाट हार्नु भनेको नै साँचो हार हो’ उखानै छ मैदानमा हारेको मान्छे जित्न सक्छ, तर मनबाट हारेको मान्छे फेरि उठ्न गाह्रो हुन्छ। हाम्रो समाजमा मानसिक स्वास्थ्य अझै लाजको कुरा हो भन्ने गलत सोच हटाउन जरुरी छ।

डिप्रेसन कुनै चरित्रगत कमजोरी होइन, यो एक सामान्य मानसिक स्थिति हो जसको उपचार सम्भव छ—सर्त मात्र यति हो, तपाईं तयार हुनुपर्छ ।

निष्कर्ष: ग्रामीण नेपालमा मानसिक स्वास्थ्यको नयाँ युग सुरू गरौं

हामीले भौतिक विकास जति गरे पनि, मानसिक स्वास्थ्यलाई बेवास्ता गरिरहेसम्म, विकास अधुरो रहन्छ। अब समय आएको छ, जहाँ गाउँ-गाउँमा ‘मनको सशक्तीकरण”को अभियान चलाउनु पर्छ। सन्देश स्पष्ट छ—मनलाई दरिलो बनाऔं, साँचो जीवनको रमाइलो त्यहींबाट सुरू हुन्छ।

सरकारका लागि सुझावहरू:

१. जनचेतना अभियान: विद्यालय, समुदाय र सञ्चार माध्यमहरूमार्फत मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ।

२. प्राथमिक स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य समावेश: स्थानीय स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा मानसिक स्वास्थ्य सेवाहरू उपलब्ध गराइनुपर्छ।

३. स्वास्थ्यकर्मीलाई तालिम: स्थानीय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सामाजिक कार्यकर्ताहरूलाई मानसिक स्वास्थ्य पहिचान र प्राथमिक परामर्शबारे तालिम दिनुपर्छ।

४. गोप्य परामर्श सेवा: ग्रामीण क्षेत्रमा निःशुल्क तथा गोपनीय मानसिक स्वास्थ्य परामर्श सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता छ।

५. महिला तथा किशोरी केन्द्रित कार्यक्रम: मानसिक स्वास्थ्यमा महिला र किशोरीहरू बढी प्रभावित हुने भएकाले उनीहरूका लागि लक्षित कार्यक्रमहरू विकास गरिनुपर्छ।

६. सोध र तथ्यांक संकलन: मानसिक स्वास्थ्यसम्बन्धी डेटा संकलन तथा अनुसन्धानमा सरकारले लगानी बढाउनुपर्छ।

७. नीतिगत प्राथमिकता: राष्ट्रिय स्वास्थ्य नीति तथा बजेटमा मानसिक स्वास्थ्यलाई स्पष्ट प्राथमिकतामा राख्नुपर्छ।

(डा. कार्की जेन्डर तथा पब्लिक पोलिसी विज्ञ हुन्। उनले सहर र ग्रामीण दुबै क्षेत्रमा मानसिक स्वास्थ्य र लैङ्गिक समानताका मुद्दामा सक्रिय रूपमा काम गर्दै आएकी छन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?