जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित
+
-

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा), नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन् ।

मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर जसपा नेपाल सप्तरीको आगामी कार्यकालको लागि केदार यादव अध्यक्षमा निर्वाचित हुन् । केदार यादव यसअघि पनि सप्तरीको जिल्ला अध्यक्ष पदमा कार्यरत थिए ।

यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी हरेराम यादवलाई जम्मा ९ मतले पराजित गर्दै विजय हासिल गरेका छन् ।

जिल्ला सचिवमा निरज मुक्तिले जम्मा १ मतले निर्वाचित भएका छन् । त्यस्तै, उपसचिवमा रिता चौधरी र रामेश्वर यादव विजयी भएका छन् भने कोषाध्यक्षमा अमरेन्द्र यादव निर्वाचित भएका छन् ।

श्रावन १४ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेसँगै सुरु भएको जिल्ला अधिवेशनले निर्वाचन प्रक्रियाबाट मंगलबार बिहान जिल्ला पदाधिकारीको टुंगो लगाएको छ ।

जिल्ला कार्यसमितिका सदस्यहरुको निर्वाचन सम्पन्न भएपनि आज दिउँसोदेखि उनीहरुको मतगणना सुरु हुने बताइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?