
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले इजरायली बमबारी र भोकमरीका कारण गाजा पट्टीमा दैनिक लगभग २८ बालबालिकाको मृत्यु भइरहेको जनाएको छ।
‘बमबारीबाट मृत्यु। कुपोषण र भोकमरीबाट मृत्यु। सहायता र महत्त्वपूर्ण सेवाहरूको अभावले मृत्यु भएको छ,’ युनिसेफले एक्समा गरेको पोस्टमा भनिएको छ, ‘गाजामा, दैनिक औसत २८ बालबालिका मारिएका छन्।’
एजेन्सीले गाजाका बालबालिकाहरूलाई खाना, सफा पानी, औषधि र सुरक्षाको तत्काल आवश्यकतामा जोड दिँदै भनेको छ, ‘कुनै पनि कुराभन्दा बढी, उनीहरूलाई युद्धविराम चाहिन्छ।’
इजरायली सेनाले मार्च २ देखि गाजाको सीमा नाकाहरू बन्द गरेको छ र सामान र सहायताको प्रवेश रोकेको छ। यसको परिणाम गाजा पट्टीमा अभूतपूर्व अनिकाल निम्त्याएको छ।