नेपालमा प्रत्यक्ष वैदेशिक लगानी र पर्यटन प्रवर्द्धनमा छलफल

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी र पर्यटन प्रवर्द्धनमा छलफल
+
-

काठमाडौं- सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा कमिटी (CNI) का सभापति एवं नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणि पौडेलबीच नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) भित्र्याउने रणनीतिबारे महत्वपूर्ण छलफल भएको छ।

उक्त छलफलमा उत्पादनशील क्षेत्रहरूमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक सञ्जालहरूको स्थापना गर्ने र प्रविधि हस्तान्तरणका विषयमा रणनीति तयार गर्नेबारे विस्तृत कुराकानी भएको बताइएको छ।

यसका साथै, नेपाललाई साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटहरूको लागि शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने विषयमा पनि छलफल केन्द्रित थियो।

छलफल कार्यक्रममा राजदूत पौडेलले पोर्चुगलमा रहेका नेपालीहरूको समस्या समाधानका लागि आफू निरन्तर लागिपरेको जानकारी गराए। उनले नेपाली आप्रवासीहरूको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य भइरहेको र पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि प्रभावकारी योजना बनिरहेको पनि बताए।

यसै क्रममा पोर्चुगलमा रहेको नेपाली मिसन र CNI बीचको संस्थागत सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा समेत छलफल भएको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’