हुम्लामा कोदो खेतीप्रति आकर्षण बढ्दै

हुम्लामा कोदो खेतीप्रति आकर्षण बढ्दै
+
-

हुम्ला– हिमाली जिल्ला हुम्लामा कोदो खेती प्रति आकर्षण बढ्दै गएको छ। कुन्नको बुझाईलाई चिर्दै किसानस्तरमा कोदोको महत्व र उपयोगिताका बारेमा जानकारी हुन थालेपछि किसानहरु यो खेतीमा आकर्षण बढ्दै गएको हो।

सर्केगार्ड गाउँपालिका– ३ को उनापानीका किसान जुना फडेराले हराउन थालेको कोदो खेती प्रति किसानको आकर्षण बढ्न गएको बताइन्। सात हल जग्गामा कोदो लगाउदै आएकी फडेराले यसवर्ष थप एक हल जग्गामा कोदो लगाएकी छन। यसअघि आफूले उपादन गरेको कोदोको रोटी, ढिढो बनाउने र केही बिक्री गर्ने गरेको भएपनि गतवर्षबाट उत्पादनका आधा बिक्री गर्ने गरिएको उनले बताइन्।

आफूलाई उपभोग गर्न र बिक्रीबाट आम्दानी पनि हुन थालेपछि कोदो खेती लगाउने किसान बढ्न थालेको उनकोे भनाइ छ। यता सिमकोट गाउँपालिका– की जसमति रोकायाले सदरमुकाम सिमकोटको जग्गामा कोदो खेती हुन थालेपछि यो खेती गर्ने किसान बढ्दै गएको बताउदै आफूले मात्र एक वर्षमा पाँचदेखि सात क्वीन्टल कोदो उत्पादन गर्न थालेको बताइन्। कोदोको फाइदा र उपयोगिता जानकारी पाएपछि यसको खेतीप्रति आकर्षण बढ्दै गएको बताउदै उनले आफूले पनि कोदो बिक्रीबाट राम्रै आन्दानी गरि रहेको बताइन्।

हुम्लाका अधिकाँस खेती योग्य जमिनमा कोदो खेती हुने बताउदै कृषि बिकास कार्यालयका प्रमुख चुडामणी पन्तले आर्थिक वर्ष ०८१।०८२ मा एक हजार ६२ हेक्टर जमिन कोदो लगाएर एक हजार १२५ मेट्रिकटन कोदो उत्पादन भएको बताए। जव कि त्यो भन्दा अघिल्लो आर्थिक वर्ष सोही क्षेत्रफलको जग्गामा कोदो लगाउदा एक हजार १२३ मेट्रिकटन कोदो उत्पादन भएको थियो।

उत्पादन पनि बृद्धि भएको र यो वर्ष थप तीस हेक्टर बढी जग्गामा कोदो खेती थपिएको उनले बताए। हुम्लामा कोदोको उत्पादकत्व पनि बृद्धि भई रहेको बताउदै उनलेँ प्रति हेक्टर एक दशमलव सुन्न ५९ मेट्रिकटन रहेको बताए। उत्पादकत्व दर पनि वर्षेनी बृद्धि हुँदै गएको उनको भनाइ छ।

धान रोप्ने जग्गाले मुख्य प्राथमिकता पाउने भएको कारण सिँचाइ कम भएको र आकाशे पानीको भरमा खेती गर्नु पर्ने भएको कारण कोदोको उत्पादन कम भएको बताउदै उनले यसलाई किसानले बिचार गर्न सके उत्पादन अझै बृद्धि गर्न सकिने छ। त्यो संग उचित सिँचाइ, मलखादको सिफारिस मात्रा अनुसार कोदो रोप्न सकिएपछि उत्पादन बढाउन सकिने अबस्था रहेको देखिन्छ। अर्को कुरा जिल्ला बाहिर हुम्लाको प्राङ्गारिक मल प्रयोग भएको कोदो पठाउन सुरु भएपछि किसानलाई आम्दानीको श्रोत पनि देखिएका छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?