किन्नेर कैलाश मार्गबाट ४ सय १३ तीर्थयात्रीको उद्धार

किन्नेर कैलाश मार्गबाट ४ सय १३ तीर्थयात्रीको उद्धार
+
-

भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) ले हिमाचल प्रदेशको किन्नेर जिल्लाको किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीलाई उद्धार गरेको छ।

आईटीबीपीको १७ औँ बटालियनका कर्मचारीले तीर्थयात्रीहरूलाई सुरक्षित रूपमा निकाल्न डोरीको सहयोगमा ‘ट्राभर्स क्रसिङ’ प्रविधि प्रयोग गरेर उद्धार अभियान सञ्चालन गरेको जनाइएको छ।

किन्नेर जिल्ला प्रशासनबाट प्रभावित क्षेत्रमा थप मानिसहरू फसेको चेतावनी प्राप्त भएपछि आईटीबीपी र एनडीआरएफ टोलीहरूलाई पुनः परिचालन गरियो र सघन खोजी र उद्धार कार्य जारी राखिएको छ।

आईटीबीपीले बाँकी सबै तीर्थयात्रीको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन र अन्य सम्बन्धित निकायसँग नजिकबाट समन्वय गर्दै सबै सम्भावित सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मौसमी चेतावनी जारी गर्दै बिलासपुर, सोलन, सिमला, सिरमौर र मन्डी जिल्लाहरूमा तीव्र वर्षा र हिमाचल प्रदेशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरेको छ।

यसबाहेक चम्बा, काँगडा, हमिरपुर, उना, लाहुल र स्पिति, किन्नेर र कुल्लु जिल्लाका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

निरन्तरको भारी वर्षाले सिमलामा जनजीवन प्रभावित भएको छ, जसले गर्दा जिल्लाका अधिकांश शैक्षिक संस्थाहरू बन्द भएका छन्।

राज्य विपद् व्यवस्थापन प्राधिकरण (एसडीएमए) को रिपोर्ट अनुसार यस वर्ष जुन २० देखि अगस्ट ५ सम्म मनसुनी मौसममा हिमाचल प्रदेशमा १९४ जनाको मृत्यु भएको छ भने कैँयो घाइते भएका र ठूलो संख्यामा भौतिक संरचनामा क्षति भएको छ।–रासस/एएनआई

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?