
काठमाडौँ- विश्वव्यापी अटोमोटिभ क्षेत्रमा अग्रस्थानमा रहेको कम्पनी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले आज नाइमा नेपाल मोबिलिटी एक्सपोको अवसरमा नेपाली बजारका लागि नयाँ कम्प्याक्ट एसयुभी, एक्सयुभी थ्री-एक्स-ओ (XUV 3XO) सार्वजनिक गरेको छ। आकर्षक तथा भिन्न डिजाइन, अत्याधुनिक प्रविधि, उच्चस्तरको कार्यक्षमता र विश्वस्तरीय सुरक्षाको संयोजनका साथ आएको यो ‘सेगमेन्ट डिसरप्टर’ XUV 3XO ले कम्प्याक्ट-एसयुभी सेग्मेन्टमा नयाँ मापदण्ड र परिभाषा बनाएको कम्पनीले दाबी गरेको छ।
XUV 3XO को ‘Everything You Want And More’ (तपाईंले चाहेको सबै र अझै धेरै) भन्ने स्लोगनलाई यसका सुविधाहरूले साँच्चिकै प्रतिनिधित्व गर्ने बताइएको छ। यो गाडी नेपालमा पाँचवटा पेट्रोल भेरियन्टमा उपलब्ध हुनेछ, जसको मूल्य रू. ४४.९० लाखबाट सुरु हुनेछ। सम्पूर्ण भेरियन्टको लागि बुकिङ सुरु भइसकेको छ भने नेपालमा महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपमार्फत नाइमामा डेलिभरी हुनेछ।
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडका अटोमोटिभ डिभिजन अन्तर्गत इन्टरनेसनल अपरेसन्सका प्रमुख सचिन अरोलकरले XUV 3XO लाई नेपालमा सार्वजनिक गर्न पाउँदा निकै हर्षित र गौरवान्वित भएको बताए। उनले भने, “यसको आकर्षक र भिन्न डिजाइन, प्रिमियम सुविधाहरू र उच्चस्तरको सुरक्षात्मक विशेषताहरूले गर्दा 3XO ले आधुनिक ग्राहकहरूको आकांक्षालाई प्रतिबिम्बित गर्दछ। नेपाल हाम्रो लागि एक महत्वपूर्ण देश हो र XUV 3XO ले यसको सेगमेन्टमा ग्राहकहरूलाई हरेक पक्ष, हरेक शैली, गुणस्तर तथा मूल्यमा कुनै सम्झौता नगरी नयाँ मापदण्ड कायम गर्नेमा हामी विश्वस्त छौँ।”
अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले पनि नेपाली ग्राहकहरूका लागि XUV 3XO सार्वजनिक गर्न पाउँदा निकै उत्साहित भएको बताए। उनले भने, “यो यस्तो एसयुभी हो जसले डिजाइनमा कुनै सम्झौता नगरी सुरक्षामा उच्च मापदण्ड कायम गर्छ र सुविधाहरूले भरिपूर्ण रहेको छ। नेपाली उपभोक्ताहरूको रुचि परिष्कृत हुँदै आएको हामी महसुस गर्दछौँ, जो मोडर्न डिजाइन, अत्याधुनिक प्रविधि र वास्तविक मूल्यको खोजिमा रहेका छन्। XUV 3XO ले यी सबै पक्ष तथा अरू धेरै पक्षमा धेरै विशेषता र सुविधाहरू ‘डेलिभर’ गर्दछ।” उनले महिन्द्राका अत्याधुनिक र महत्वाकांक्षी उत्पादनहरू नेपालमा उपलब्ध गराउने प्रतिबद्धतालाई यो सार्वजनिकिकरणले थप पुष्टि गरेको र XUV 3XO नयाँ पुस्ताका एसयुभी खरिदकर्ताहरूको मुख्य आकर्षण बन्नेमा आफू विश्वस्त रहेको बताए।
डिजाइन र प्रविधि
XUV 3XO ले स्पोर्टी र बोल्ड डिजाइन सहितको एथलेटिक बनोट प्रस्तुत गर्छ। अगाडि रहेको फ्रन्ट ग्रिल र भिन्न हेडलाइट डिजाइन यसको प्रमुख आकर्षणको बिन्दु बन्दछ। त्यसैगरी पछाडि फैलिएको ‘इन्फिनिटि एलइडि टेल ल्याम्प’, प्रिमियम लेदरेट सिटहरू, सौम्य इन्टेरियर र ‘प्यानोरामिक स्काइरुफ’ले यसलाई झन् आकर्षक बनाउँदछ।
इन्टेरियरमा, XUV 3XO ले कम्प्याक्ट एसयुभीको परिभाषा नै फेरिदिएको छ। १०.२५ इन्चको ‘डुअल हाइ-रिजोलुसन स्क्रिन’, हार्मन कार्डन अडियो सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, र ६५ वाटको युएसबि-सि फास्ट चार्जरसहितका विशेषताहरू यसमा उपलब्ध छन्। विश्वस्तरको मापदण्ड पूरा गर्न डिजाइन, डेभलपमेन्ट तथा इन्जिनियरिङ गरिएको यो गाडीले ग्राहकहरूका लागि उत्कृष्ट गुणस्तर र कार्यक्षमता सुनिश्चित गर्दछ।
कार्यक्षमता र सुरक्षा
कार्यक्षमतामा पनि XUV 3XO उत्तिकै आकर्षक रहेको छ। महिन्द्राको एम-स्टालियन १.२ लिटर टर्बो-पेट्रोल इन्जिनबाट सञ्चालित XUV 3XO ले ८२ किलोवाट पावर र २०० न्युटनमिटर टर्क उत्पन्न गर्दछ, जसले रेस्पोन्सिभ एक्सेलेरेसन र उच्च इन्धन कुशलता प्रदान गर्दछ। यो एसयुभी ६-स्पिड म्यानुअल वा टर्क-कन्भर्टरसहितको AISIN ६-स्पिड अटोमेटिक ट्रान्समिसनबीच रोज्न सकिनेछ। यसले हरेक भू-भागमा सहज, आरामदायी, रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ। ‘जिप, ज्याप, जुम’ आदि ड्राइभिङ मोडहरूले सहरी वा हाइवेका लामो यात्राहरूमा आराम तथा सहजता प्रदान गर्दछ।
सुरक्षालाई पनि XUV 3XO ले उच्च प्राथमिकतामा राखेको छ। सबै भेरियन्टमा ६ वटा एअरब्याग र इएसपि स्ट्यान्डर्ड रूपमा उपलब्ध छन्। साथै, यसमा लेभल २ एडास, ब्लाइन्ड भ्यु मनिटर, र ३६० डिग्री सराउन्ड भ्यु क्यामरा जस्ता अत्याधुनिक सुरक्षात्मक विशेषताहरू उपलब्ध रहेका छन्।