फक्सवागनका पावरफुल दुई मोडल भर्टस र टाइगुन नेपाली बजारमा

फक्सवागनका पावरफुल दुई मोडल भर्टस र टाइगुन नेपाली बजारमा
+
-

काठमाडौँ- नेपाली उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै जर्मन ब्राण्ड फक्सवागनको नेपालका लागि एक मात्र आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रा. लि.ले आफ्नो नयाँ सेडान ‘भर्टस’ र एसयूभी ‘टाईगुन’ गाडीको अनावरण नाडा अटो शोमा गरेको छ।

यी दुवै गाडीमा यस सेग्मेन्टको सबैभन्दा शक्तिशाली १.५ लिटरको टर्बो पावर इन्जिन जडान गरिएको छ, जसले १५०० सि.सि. बाट १५० हर्स पावर उत्पादन गर्न सक्षम छ। अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी इन्जिन आवश्यकताअनुसार दुई वा चारै सिलिन्डरमा चल्ने भएकाले इन्धन दक्षतामा पनि अब्बल रहेको कम्पनीले जनाएको छ। जर्मन प्रविधिबाट निर्मित यी गाडीहरूले ग्राहकहरूलाई अतुलनीय सुरक्षा र उत्कृष्ट कार्यसम्पादनको अनुभूति गराउने कुरामा कम्पनी विश्वस्त छ।

नाडा अटो शोमा आयोजित एक विशेष समारोहका बीच जर्मन दूतावासका राजदूत उदो भोल्जले यी दुई गाडीको अनावरण गरेका थिए।

सुरक्षामा उच्च मापदण्ड: भर्टस जीटी सेडान र टाईगुन एसयूभी दुवै विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एनक्याप (NCAP) मा पाँच तारा प्राप्त मोडल हुन्। यसले चालक र यात्रु दुवैलाई पूर्ण सुरक्षित महसुस गराउँदछ। दुवै मोडलमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल (ESC), हिल होल्ड कन्ट्रोल (HHC) लगायतका सुरक्षा विशेषताहरू समावेश गरिएका छन्।

फक्सवागन भर्टस सेडान: फक्सवागन भर्टस सेडान भए पनि नेपालमा उपलब्ध धेरै एसयूभीभन्दा बढी अर्थात् १८० मि.मि. को ग्राउन्ड क्लियरेन्सका साथ उपलब्ध छ। यसले गर्दा नेपालका खाल्डाखुल्डी सडकहरूमा पनि गाडी ठोक्किने डर हुँदैन। बलियो च्यासिस, शक्तिशाली इन्जिन र उच्च ग्राउन्ड क्लियरेन्सका कारण यो गाडी सहरी तथा ग्रामीण दुवै प्रकारका सडकका लागि उपयुक्त रहेको कम्पनीले बताएको छ।

फक्सवागन टाईगुन जीटी एसयूभी: नेपालको बाटो सुहाउँदो १८८ मि.मि. को ग्राउन्ड क्लियरेन्स र अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको यस एसयूभीमा सम्पूर्ण सुरक्षा तथा आरामदायी सुविधाहरू रहेका छन्।

उत्पादकका तर्फबाट प्रतिनिधित्व गरेका सेल्जि जोजेफले यी दुवै मोडल विशेषगरी भारतका सडक र पेट्रोलको गुणस्तरलाई मध्यनजर गरी बनाइएकाले नेपालको बाटोमा पनि उपयुक्त हुने कुरामा विश्वस्त रहेको बताए। उनले बिक्रीपश्चात् पार्टपुर्जाको मूल्य पनि अन्य भारतीय गाडीहरूसँग बराबर रहेकोले मर्मतसम्भार खर्च कम हुने विश्वास दिलाए।

यस कार्यक्रममा बोल्दै आयातकर्ता पूजा इन्टरनेशनलका सीईओ विवेक बिजुक्छेले फक्सवागन शक्तिशाली इन्जिनका साथ नेपाली बजारमा जर्मन इन्जिनियरिङको अब्बलता प्रदर्शन गर्ने उद्देश्यले भर्टस सेडान तथा टाईगुन एसयूभीका साथ आएको बताए। उनले विगतमा जस्तै ग्राहकहरूको अत्यधिक समर्थन तथा प्रोत्साहनको अपेक्षा राखेको बताए।

पूजा इन्टरनेशनलको पृष्ठभूमि: फक्सवागन ब्राण्डका गाडीहरू सन् २००८ देखि बिक्री वितरण गर्दै आएको पूजा इन्टरनेशनलले विगतमा पोलो, भेन्टो, टिगुआन, जेटा, पसाट, ट्वारेग जस्ता विश्व प्रसिद्ध मोडलहरूको सफलतापूर्वक बिक्री वितरण गर्दै आएको छ। हाल यस कम्पनीको देशभरि विराटनगर, नारायणघाट, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा लगायतका प्रमुख शहरहरूमा सर्भिस तथा पार्टपुर्जा सेन्टरहरू रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?