
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ भारतमाथि अतिरिक्त २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
योसँगै अब भारतीय सामानमा अमेरिकाले ५० प्रतिशत आयात शुल्क लगाउने भएको हो। अमेरिकाले रुसी तेल र हतियार लगातार खरिद गरेको भन्दै २५ प्रतिशत अतिरिक्त कर थपेको हो।
यसअघि भारतमाथि १ अगस्टदेखि लागु हुने गरी भन्दै २५ प्रतिशत कर लगाउने घोषणा अमेरिकाले गरेको थियो। साथै ट्रम्पले जरिवाना तथा अतिरिक्त कर घोषणा गर्ने बताएका थिए।
ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेश २१ दिन भित्र कार्यान्वयनमा आउने जनाइएको छ। अर्थात थप २५ प्रतिशत अतिरिक्त कर २७ अगस्टदेखि लागू हुने छ। अर्थात २७ अगस्ट देखी भारतबाट अमेरिका पठाइने सामानमा कर लाग्ने छ।
त्यसअघि अमेरिका पुगेका सामानमा भने यो कर लागू हुने छैन। अमेरिकाले यो आदेशमा स्पष्ट रुपमा ट्याक्स तथा अतिरिक्त करका रुपमा लागू हुने जनाएको छ।
साथै केही खास सामानमा छुट दिन सक्ने पनि उसले जनाएको छ। साथै ट्रम्प प्रशासनले अन्य देशले पनि रसियाबाट प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सामान खरिद गरेमा यस्तै कारवाही गर्ने जनाएको छ।
साथै अमेरिकाले रसिया तथा अन्य देशले अमेरिकी नीति अनुसार कदम चालेमा आदेश फेरबदल हुन सक्नेसमेत जनाएको छ।
यो कर भारतबाट अमेरिका आयात हुने लगभग सबै सामानहरूमा लागू हुने छ। जबसम्म उसले स्पष्ट रुपमा कुनै सामान किटान गरेर छुट भएको जनाउने छैन।
यदि कुनै वस्तुमा पहिलेनै ट्रेड एक्सपानसन याक्ट अनुसार धारा २३२ लागू भएर अमेरिका पुग्ने गरेको छ भने त्यो सामानमा भने यो कर लागु हुने छैन्। भारतले यो कदमका विषयमा कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन।