हाइलाइफ फूड्स: उतारचढावबाट सफलतासम्म

हाइलाइफ फूड्स: उतारचढावबाट सफलतासम्म
+
-

काठमाडौँ — २०५० को दशकमा नेपालीहरूको मकैको आटो र ढिँडो खाने बानीलाई आधुनिक बनाउने उद्देश्यले ‘हाइलाइफ’ ब्रान्डको सुरुवात भयो। नेपालमा पहिलोपटक ‘कन्फ्लेक्स’ उत्पादन गर्ने हाइलाइफलाई सुरुमा नेपाली बजारमा आफ्नो पकड जमाउन निकै संघर्ष गर्नुपर्‍यो। धेरै उतारचढाव र आर्थिक घाटा व्यहोरेपछि पनि संस्थापक तुलसी घिमिरेले हार मानेनन्।

कम्पनीले ‘महिमा’ ब्रान्डबाट चिउरा, ओट्स, चोकोज जस्ता आधुनिक खाद्य वस्तुको उत्पादन सुरु गर्‍यो। यसबीच नेपालीमा कन्फ्लेक्स खाने बानीको विकास भइसकेको थियो, जसले गर्दा कम्पनीले बजारमा आफ्नो दायरा फराकिलो बनायो।

२०७३ सालदेखि ‘हाइलाइफ’ ब्रान्डलाई प्रमुख रूपमा बजारमा ल्याइएको थियो। यही समयमा विश्वव्यापी रूपमा कोरोना महामारी फैलियो। यसले गर्दा धेरै व्यवसाय ठप्प भए पनि हाइलाइफलाई भने फाइदा पुग्यो। कम्पनीका प्रबन्ध निर्देशक पंकज ज्ञवालीका अनुसार, आफ्नै ढुवानी साधनको प्रयोगले लकडाउनको समयमा पनि उत्पादनको निरन्तर आपूर्ति गर्न सक्यो, जसले ब्रान्डलाई अझै चर्चित बनायो।

कोरोनाकालमा उच्च कारोबार गरेको हाइलाइफलाई महामारीको असर कम भएपछि भने वित्तीय चुनौती आइपर्‍यो। यो अवस्थाबाट पार पाउन कम्पनीले नयाँ लगानीकर्ता भित्र्याउने रणनीति अपनायो। त्यसपछि बिग इन्डस्ट्रिज र हाथवे इन्भेष्टमेन्ट कम्पनीमा नयाँ साझेदारको रूपमा प्रवेश गरे। नयाँ लगानीकर्ताको वित्तीय व्यवस्थापन र पुरानो टिमको सेल्स तथा मार्केटिङको सहकार्यले कम्पनीलाई नयाँ उचाइमा पुर्‍यायो।

हाल ६० करोड रुपैयाँ चुक्ता पुँजी भएको हाइलाइफले २० वटाभन्दा बढी उत्पादन बजारमा ल्याएको छ। कम्पनीले अब दाल, चामल र हिमाली तथा पहाडी क्षेत्रका रैथाने खाद्यवस्तुलाई ‘कर्णाली’ ब्रान्डमार्फत बजारमा ल्याउने योजना बनाएको छ। कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलका अनुसार, कम्पनीलाई दीर्घकालसम्म टिकाउने र डबल डिजिटमा लाभांश दिन सक्षम भएपछि मात्रै आईपीओ जारी गर्ने योजना रहेको छ।

२५ हजार आउटलेटमार्फत कम्पनीका ब्राण्ड बजारमा उपलब्ध छन् । प्रबन्ध निर्देशक ज्ञवालीका अनुसार २०५९ सालमा फ्याक्ट्री खोल्दा नेपालको मकैबाट कन्फ्लेक्स उत्पादन गर्ने योजना थियो । तर, अहिले कन्फ्लेक्स उत्पादनका लागि नेपालमा मकै अभाव रहेर भारतबाट खरिद गर्नु परेको छ ।

कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेल ३० वर्ष पुरानो कम्पनीमा ४ वर्ष अगाडि आफूहरू नयाँ व्यवस्थापनसहित प्रवेश गरेपछि नतिजा देखाउने गरी काम गरिरहेको बताउँछन् । आफूहरू प्रवेश गरिसकेपछि कम्पनीको कारोबारको आकार र व्यवसायको आकार बढेको उनको भनाइ छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?