नेपाल अडिटर्स एशोसिएशन (अडान) को २०औँ स्थापना दिवस सम्पन्न

नेपाल अडिटर्स एशोसिएशन (अडान) को २०औँ स्थापना दिवस सम्पन्न
+
-

काठमाडौं नेपाल अडिटर्स एशोसिएशन (अडान) को २०औँ स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमहरूसहित सम्पन्न भएको छ। देशभर “अडान डे” को अवसरमा राज्यको आर्थिक क्षेत्रमा देखा परेका समस्या, चुनौती र लेखा व्यवसायीहरूले सामना गर्नुपरेका मुद्दाहरूमा केन्द्रित गोष्ठी, अन्तरक्रिया, सामाजिक सहयोग तथा सहकार्यका कार्यक्रमहरू सम्पन्न भएका छन्।

काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित मूल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल प्रमुख अतिथि र महालेखापरीक्षक तोयम राया विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले वित्तीय अनुशासन र आर्थिक विकासमा अडानले खेलेको भूमिकाको प्रशंसा गर्दै लेखापरीक्षकहरूलाई आफ्नो ज्ञान, सीप र क्षमताको सदुपयोग गरी राज्यको उत्पादन र आर्थिक विकासमा थप योगदान दिन आग्रह गरे। महालेखापरीक्षक रायाले दस्तावेज र प्रमाणमा आधारित बृहत् लेखापरीक्षण तथा आईटी र वातावरणमा आधारित अडिटको आवश्यकतामा जोड दिए।

कार्यक्रममा “नेपालको वित्तीय प्रतिवेदनमान तथा कर सम्बन्धी कानुनहरूले वित्तीय प्रतिवेदन प्रणालीमा पार्ने प्रभाव र त्यसको समाधानको बाटो” र “कर कानुन र सहकारी ऐनका परिवर्तनले लेखा प्रणालीमा पारेका प्रभाव र भावी चुनौतीहरू” शीर्षकमा दुईवटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। अडानका अध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षतामा भएको यस कार्यक्रममा झण्डै ९०० लेखापरीक्षक, लेखा व्यवसायीहरू र कर्पोरेट लेखापालहरूको सहभागिता रहेको थियो।

यस अवसरमा आइक्यानका नवनिर्वाचित अध्यक्ष निल बहादुर सारु मगर र उपाध्यक्ष आनन्द राज शर्मा वाग्लेलाई सफल कार्यकालको बधाई तथा सम्मान गरियो। साथै, लेखापरीक्षकको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पूर्व नायव महालेखापरीक्षक रामबाबु नेपाललाई विशेष सम्मान गरिएको थियो।

स्थापना दिवसको अवसरमा अडान उपत्यका प्रदेश कार्यसमितिद्वारा फुटसल प्रतियोगिता, रक्तदान कार्यक्रम, र मुलुकभरका जिल्ला तथा प्रदेश कार्यसमितिहरूबाट वृद्धाश्रममा खाना वितरण, वृक्षारोपण, असहायलाई नगद वितरण लगायतका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि सम्पन्न गरिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?