रेखाको तीज गीत ‘मलाई क्या माया गर्छन् नि राजैले’ सार्वजनिक

रेखाको तीज गीत ‘मलाई क्या माया गर्छन् नि राजैले’ सार्वजनिक
+
-

काठमाडौं- हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यस वर्ष पनि गायिका रेखा शाहले तीज गीतको मर्मलाई समेटेर नयाँ गीत र म्युजिक भिडियो ‘मलाई क्या माया गर्छन् नि राजैले’ सार्वजनिक गरेकी छिन्।

‘सिमसिमे पानीमा’ फेम्ड गायिका शाहको यस गीतमा पवन रानाभाटको शब्द, सङ्गीत, सङ्गीत संयोजन र मास्टरिङ रहेको छ भने सुनीलकुमार शर्मा (शर्माजी प्युठान) को शब्द रहेको छ ।

अभिनेत्री नीति शाह र गायिका रेखा शाहको अभिनय र नृत्य रहेको भिडियोलाई कोरियोग्राफर स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् ।
रूपेश थापाको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोले तीज गीतको गरिमालाई अझ बढाउनेमा गायिका शाह विश्वस्त छिन्।

उनी भन्छिन्, “तीज गीतको आफ्नै सांस्कृतिक र साङ्गीतिक महत्त्व छ । विगतका गीतहरूजस्तै मौलिकतालाई मैले निरन्तरता दिएकी छु । स्रोता र दर्शकले अवश्य मन पराउनुहुनेछ ।”

अहिलेकी व्यस्त अभिनेत्री नीति शाहले राम्रो गीत भएकोले आफूले अभिनय गरेको बताइन् । उनले भनिन्, “रेखा दिज्यू हाम्री लिजेन्ड हुनुहुन्छ; उहाँको गीतमा अभिनय गर्न पाउँदा मलाई खुशी लागेको छ ।”

रेखा शाह फाउन्डेसनले निर्माण गरेको गीत र म्युजिक भिडियोलाई रेखा शाह युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?