बोक्चे र भिगौडा सडक निर्माण सम्पन्न

बोक्चे र भिगौडा सडक निर्माण सम्पन्न
+
-

हुम्ला – कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका– १ को बोक्चे र भिगौडाको सडक निर्माण सम्पन्न भएको छ। कडा चट्टानी र अग्लो भीरलाई बिष्फोट गरेर सेनाले सडकको स्तरोन्नति गर्ने कार्य सम्पन्न गरेको करण सञ्चालनमा आएको हो।

असजिलो र सडकको ग्रेड नमिलेको बोक्चे र भिगौडाको सडकको स्तरोन्नति गर्ने कार्य पुरा भएकोे नेपाली सेना सो खण्डको सडक निर्माण दलका प्रमुख अम्रित पराजुलीले बताए। यी दुवै गौडामा बिष्फोट गर्ने कार्य गरेर सडक निर्माण गरिएको हो। केही स्थानमा बीस मिटर अग्लो चट्टानलाई बिष्फोट गरेर सडकलाई तल झारिएको बताउदै उनले सेनाले रात दिन बिष्फोट गर्ने र सडक मिलाउने कार्य गरेको जानकारी दिए।

चट्टानी भीरमा छ देखि आठ मिटर सडक चौडा निर्माण गरिएको छ। चट्टानी सडकमा ग्रेड मिलाउने कार्य भएपछि यातायातका साधनहरुलाई सहज भएको छ। यी दुई वटा गौडाबिचको दुई सय मिटर सडकको चट्टान बिष्फोट गर्ने र ग्रेड मिलाउने कार्य भएको हो। यसअघि निर्माण कम्पनीले सो खण्डमा सडकको ग्रेड नमिलाएर कच्ची सडकको ट्रयाक खोल्ने कार्य गरेको थियो। सडकको यो अबस्था देखेर हुम्लावासीले उक्त सडकलाई स्तरोन्नतिका लागि सेनालाई दिन आग्रह गरेका थिए। यो मागलाई सम्बोधन गर्दै सरकारले गत पुस १७ गतेको मन्त्रिपरिषद् वैठकबाट निर्णय गरेर उक्त गौडाको सडकको स्तरोन्नति गर्ने कार्य नेपाली सेनाको बिकास निर्माण दललाई दिने निर्णय गरेको थियो।

सोही अनुसार सेनाले गत चैत २५ गतेबाट काम सुरु गरेको थियो। यसअघि भिगौडाबाट याङ्चु कुनासम्मको छ सय मिटर सडकको पनि स्तरोन्नति गर्ने कार्य यो अवधिमा गरेको हो। असजिला गौडाको सडकको स्तरोन्नति भएपछि अब सधैका लागि सडक सहज भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।

उनले यी गौडाको सडकको स्तरोन्नति गर्ने कार्य पूरा भएपछि बन्द गरिएको सडक पनि सुचारु भएको बताए। निर्माण भई नसकेका कारण सेनाले यातायात सेवा बन्द गरेको थियो। यससँगै सेनाले खार्पुको दोजाम कर्णाली नदीमाथि निर्माण गरेको बेलिब्रीजको असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन भएर सञ्चालनमा आएको थियो। यसअघि पनि सेनाले हुम्ला खण्डको कवाडीदेखि सलीसल्ला र दुल्लीकुनादेखि लालीबगरको सडक निर्माण गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?