रसियाका राष्ट्रपति पुटिनले वर्षको अन्त्यमा भारत भ्रमण गर्ने

रसियाका राष्ट्रपति पुटिनले वर्षको अन्त्यमा भारत भ्रमण गर्ने
+
-

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले २०२५ को अन्त्यमा भारत भ्रमणमा आउने भएका छन्। रुसि न्युज एजेन्सी तासका अनुसार भारतका राष्ट्रिय सुरक्षा सलाहकार अजित डोभालसँग रक्षा मन्त्री सर्गेइ शोइगुले भेट गर्दै राष्ट्रपतिले भारत भ्रमण गर्ने बताएका हुन्।

पछिल्लो समय अमेरिकाले भारतमा रसियाबाट तेल र हतियार खरिद गरेको भन्दै ठुलो मात्रामा ट्यारिफ लगाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छलफलका लागि आफ्ना दुत डोभाललाई रसिया पठाएका थिए।

डोभालसँगको भेटमा रक्षा मन्त्री सर्गइले शोइगुले भने, ‘अब हाम्रो निकै राम्रो समबन्ध बनेको छ। यो सम्बन्धको हामी उच्च कदर गर्ने छौ। दुइ देशबिच एक बलियो साझेदारी भइरहेको छ। आगामी दिनमा उच्च स्तरमा भेटघाट हुने छ।’

मोदीले बुधबार डोभाललाई रसिया पठाएका हुन्। उनीसँग राष्ट्रपति पुटिनको भेट हुन सक्ने जनाइएको छ। अपरेसन सिन्दुरपछि पहिलो पटक डोभाल रसिया पुगेका हुन्।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियासँगको सम्बन्धलाइ लिएर ५० प्रतिशत कर लगाउने घोषणा गरेपछि डेभालको रसिया भ्रमणमालाइ महत्वका साथ हेरिएको छ।

पछिल्लो पटक पुटिन २०२१ मा भारत आएका थिए। तर उक्त समयमा उनी केवल ४ घन्टाका लागि मात्र भारत आएका थिए। यस दौरान रसिया र भारत बिच २८ ओटा महत्वपूर्ण सम्झौताहरु भएका थिए। जसमा मिलिट्रि तथा अन्य सम्झौताहरु समेत रहेका थिए। दुइ देशबिच २०२५ सम्ममा वार्षीक ३० अर्ब डलर बराबरको ब्यापार गर्ने सम्झौता भएको छ। २०२४ मा मोदी २ पटक रसिया पुगेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?