लागुऔषध कारोबारमा राजनीतिक पहुँचको दुरुपयोग, कमलबाट दुई जना पक्राउ

लागुऔषध कारोबारमा राजनीतिक पहुँचको दुरुपयोग, कमलबाट दुई जना पक्राउ
+
-

झापा – झापाको बिर्तामोडमा ठूलो परिमाणमा प्रतिबन्धित औषधिजन्य लागुऔषध फेला परेको एक महिना नपुग्दै कमल गाउँपालिकाबाट पनि प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। यस घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गएराति करिब ९ बजे गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले कमल गाउँपालिका वडा नम्बर ६, काँटाचोकका विष्णुप्रसाद बगालेको घरमा छापा मारेको थियो।

घर तलासी गर्दा दोस्रो तलाको कोठामा लुकाएर राखिएको अवस्थामा प्रहरीले ३,००० क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड, २,११० ट्याब्लेट डिसाइक्लोमिन हाइड्रोक्लोराइड र २,०५० ट्याब्लेट स्पास्पेन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बरामद गरिएका लागुऔषधसहित घरधनी बगाले र दमक वडा नम्बर ६, थानारोडका दमक मेडिकल डिस्ट्रिब्युटरका सञ्चालक ४० वर्षीय गंगाबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ। दुवैलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा खड्काले आफूहरूले बिर्तामोडमा पनि प्रतिबन्धित औषधिजन्य लागुऔषधको कारोबार गर्ने गरेको बताएपछि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले इलाका प्रहरी कार्यालय बिर्तामोडसँग समन्वय गरी खड्कालाई लिएर गएको छ। पक्राउ परेका बगाले दमकका एक वडाध्यक्ष र संघीय मन्त्रीका आफन्त भएको बुझिएको छ।

यसअघि साउन १ गते बिर्तामोडका भानुभक्त खरेलको गोदाममा पनि प्रहरीले छापा मारेर ठूलो मात्रामा लागुऔषध बरामद गरेको थियो।

नेकपा एमालेका नगर कमिटी सदस्य तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ झापाका उपाध्यक्ष रहेका खरेल अझै फरार छन्। यस घटनापछि उनलाई पार्टीबाट निलम्बन गरिएको थियो। प्रहरीले बगाले र खड्काले खरेलसँग मिलेर लागुऔषधको कारोबार गरिरहेको अनुमान गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?