बडिमालिका मन्दिरमा दर्शन गरेर फर्कने क्रममा एक जनाकाे मृत्यु

बडिमालिका मन्दिरमा दर्शन गरेर फर्कने क्रममा एक जनाकाे मृत्यु
+
-

धनगढी- साउन बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

पूर्वशिक्षामन्त्री देवीप्रसाद ओझाका ५२ बर्षका छोरा विप्लब ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले बताएका छन् ।

बडिमालिका मन्दिरबाट १ घण्टाको दुरीमा तल झर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ७ सय मिटर तल खोंचमा खसेका छन् ।

प्रहरीले खोचबाट शव निकाल्ने लागेको जनाएको छ । विप्लब ओझाको हाल गोकर्णश्वर ५ काठामाडौं बस्ने गरेका छन् । उनी राति नै बडिमालिका बाट फर्केको हुनसक्ने प्रहरीले जनाएको छ ।

राति हिँडेका कारणले भीरमा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बिहान साढे ८ बजे मात्र उनको लडेर मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

बडिमालिकामा आज पूजा लागिरहेको छ । शक्तिपीठका रुपमा रहको बडिमालिकामा यस बर्ष साउन २३ गते अर्थात आज पूजा लागिरहेको छ । त्यस्तै बुढीनन्दामा पूजा सुरु भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?