नवलपुरको गैँडाकोटमा चियाको परीक्षण खेती

नवलपुरको गैँडाकोटमा चियाको परीक्षण खेती
+
-

नवलपरासी- (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले गैँडाकोट–१८ को बसेनी गाउँमा चिया खेतीको सुरुवात गरेको छ।

नगरपालिकाले यो पहाडी क्षेत्रको हावापानी चिया खेतीका लागि उपयुक्त रहेको भन्दै परीक्षणका रूपमा सात हजार ५०० चियाका बिरुवा लगाएको छ।

गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले बसेनीलाई भविष्यमा पर्यटकीय गाउँका रूपमा विकास गर्ने योजना रहेको बताए। नगर उपप्रमुख शान्ति कोइरालाले यो परीक्षण सफल भएमा खेती विस्तार गर्ने बताइन्।

कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माका अनुसार यो चिया खेती मुख्यतया पर्यटकलाई आकर्षित गर्न र इलाम जाने पर्यटकलाई गैँडाकोटमै भित्र्याउनका लागि सुरु गरिएको हो।

अहिले सुरु गरिएको चिया खेतीबाट दुई वर्षभित्र उत्पादन सुरु हुने अपेक्षा गरिएको छ। उत्पादनपछि यो चियालाई स्थानीय उत्पादनका रूपमा पर्यटकहरूलाई मायाको चिनो दिनका लागि ब्रान्डिङ गरिने योजना छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?