कैलाली कारागार घटना छानबिनका लागि समिति गठन, १० दिनभित्र प्रतिवेदन बुझाउने

कैलाली कारागार घटना छानबिनका लागि समिति गठन, १० दिनभित्र प्रतिवेदन बुझाउने
+
-

धनगढी- कैलाली कारागारमा शुक्रबार राति भएको झडपको छानबिनका लागि जिल्ला सुरक्षा समितिले पाँच सदस्यीय समिति गठन गरेको छ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालको अध्यक्षतामा शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन्।

समितिलाई घटनाको विस्तृत छानबिन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिएका छन्।

गत शुक्रबार राति कैलाली कारागारमा कैदीबन्दीका दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए। यही घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाहीको सिफारिस गर्न यो समिति गठन गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?