
काठमाडौँ- जनै पूर्णिमाको पावन अवसरमा पशुपति क्षेत्रस्थित संस्कृत विद्यापीठका बटुकहरूले सामूहिक रूपमा जनै धारण गरेका छन्।
हिन्दु परम्पराअनुसार जनैपूर्णिमाका दिन बिहानै स्नान गरी शरीर शुद्ध पारेर बटुकहरूले विभिन्न वैदिक मन्त्रोच्चारणका साथ विधिवत् रूपमा नयाँ जनै लगाएका हुन्।
यो धार्मिक संस्कारअनुसार बटुकहरूले पुरानो जनै फुकालेर नयाँ जनै धारण गर्ने गर्दछन्।
यस दिन विशेष गरी ब्राह्मण, क्षत्री र वैश्यहरूले जनै धारण गर्छन् भने यस पर्वलाई रक्षाबन्धनको रूपमा पनि मनाइन्छ।
तस्बिरहरूः