
काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३१ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा राजधानीमा एक बृहत र्यालीको आयोजना गरेको छ।
पहिचान र विभिन्न मागहरू स्थापित गर्न दबाब दिने उद्देश्यका साथ आयोजित यो र्याली भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिदगेट, सुन्धारा र शान्तिबाटिका हुँदै राष्ट्रियसभा गृहमा पुगेर समापन भएको थियो।
र्यालीमा सयौंको संख्यामा आदिवासी जनजाति समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।
प्रत्येक वर्ष अगस्त ९ तारिखमा मनाइने विश्व आदिवासी जनजाति दिवसलाई संयुक्त राष्ट्र संघले सन् १९९३ मा घोषणा गरेपश्चात् विश्वव्यापी रूपमा मनाउन थालिएको हो।
तस्बिरहरूः