मानसरोवर कैलाश दर्शन गर्न आउने पर्यटक ३३ सय कटे

मानसरोवर कैलाश दर्शन गर्न आउने पर्यटक ३३ सय कटे
+
-

हुम्ला – सदरुमकाम सिमकोट भएर हिल्साबाट मानसरोवर कैलाशको दर्शन गर्न आउने बाह्य पर्यटकको संख्या ३३ सय कटेको छ।
यसअघि अन्य देशका पर्यटकलाई खुला भए पनि यस पटकबाट चीनले भारतीय पर्यटकलाई समेत हिल्सा नाका खुला गरेपछि मानसरोवर कैलाशको दर्शन गर्ने सङ्ख्या बढ्दै गएको हो।

नेपालगञ्जबाट हवाइमार्ग भएर सिमकोट हुँदै हिल्साबाट मानसरोवर कैलाशको दर्शन गर्न जाने पर्यटकको संख्या तीन हजार ३ सय ७८ जना पुगेको प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

सिमकोट आई पुग्नु भएका पर्यटकमध्ये अधिकांशले मानसरोवर कैलाशको दर्शन गरिसकेका छन्। हालसम्म हुम्ला आइपुगेका पर्यटकमध्ये दुई हजार ९ सउ ६ जना भारतीय छन् भने ४ सय ७२ जना अन्य देशका छन्। कूलमध्ये एक हजार ४ सय ९८ जना महिला र एक हजार ८ सय ८० जना पुरुष पर्यटक छन्। भारतीय धार्मिक पर्यटक आउन सुरु भएपछि हवाई उडान पनि धेरै हुने गरेको छ। यसका लागि समिटका तीन वटा, सीता र ताराका दुई दुई वटा जहाजले नेपालगंजबाट उडान भर्दै आएका छन्।

बिभिन्न एयरलाईन्सका छ वटा हेलिकोप्टरले सिमकोटबाट हिल्साका लागि दैनिक भर्दै आएका छन्। जहाजले १५ देखि बीस वटा उडान दैनिक भर्ने गरेका छन् भने हेलिकोप्टरले चालीसदेखि एक सयसम्म उडान हिल्साका लागि भर्ने गरेका छन्।

असार २७ गते हेलिकोप्टर र जहाज गरेर १६४ उडान भएको थियो। पर्यटक मानसरोवर कैलाशको दर्शनका लागि आउन थालेपछि सिमकोट र हिल्साका होटल ब्यवसायीले काम पाएका छन्। असोज महिनासम्म मानसरोवर केलाशका लागि पर्यटक आउने तालिका रहेको पर्यटक ब्यवसायी मिनबहादुर तामाङले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?