कर्णालीका मुख्यमन्त्री र जलस्रोत तथा ऊर्जामन्त्रीबीच कार्यसम्पादन सम्झौता

कर्णालीका मुख्यमन्त्री र जलस्रोत तथा ऊर्जामन्त्रीबीच कार्यसम्पादन सम्झौता
+
-

हुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाबीच कार्यसम्पादन सम्झौता भएको छ। आईतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमकाविच सो सम्झौता भएको हो।

आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र बजेटमा उल्लिखित उद्देश्यहरू नतिजामुखी र प्रभावकारी बनाउन सम्झौता गरिएको मन्त्री बुढाले बताईन। सम्झौतामा प्रदेशको आवधिक योजना, वार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश योजनाहरूलाई तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्न गर्ने समेत उल्लेख गरिएको छ। यसअघि मन्त्री बुढाले मन्त्रालयका सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरि सकेका थिए।

मन्त्री बुढा उपचारका कारण साउन १ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित मन्त्रीहरूसँगको कार्यसम्पादन सम्झौता कार्यक्रममा उपस्थित हुन सकेकी थिईनन्। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित दुई अर्ब ८६ करोड बजेटमध्ये २ अर्ब २८ करोड (७९.५४%) खर्च गरेको थियो। जसमा चालुतर्फ ६७.३६% र पुँजीगततर्फ ८०.५५% बजेट खर्च भएको थियो। यो खर्च कर्णाली प्रदेशका अन्य विकासे मन्त्रालयहरूको तुलनामा सबैभन्दा बढी हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?