
हुम्ला – सिमकोट गाउँपालिका– २ को भित्तर गौडामा बोलेरो जीप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा त्यसमा सवार दुई जना घाइते भएका हुन्।
भित्तर गौडामा बोलेरो जीप दुर्घटनामा भएको र उकालो चढ्न नसकेपछि जीप ब्याक भएर जमिनमा बजारिएको निमित्त प्रहरी नायव उपरीक्षक बिष्णुबहादुर श्रेष्ठले बताए।
दुर्घटनामा परि खार्पुनाथ गाउँपालिका– १ का २५ वर्षका चालक राजु कामीको छाती र हात खुट्टामा चोट लागेको छ भने सोही गाउँपालिका ५ का ३५ वर्षीया मनविर सुनारको आँखा, हात, खुट्टामा चोट लागेको छ।
गाडीमा सवार गाडी मालिक गाउँनाथ गाउँपालिका– ४ का ३२ वर्षका बिरु भण्डारी भने सकुशल रहेका छन्। घाईते दुवैलाई जिल्ल अस्पतालतर्फ उद्धार गरिएको छ। जीप खार्पुबाट ठेहेतर्फ गएको थियाे।