सदरमुकाम सिमकोट आउने सडकको दूरी घट्यो

सदरमुकाम सिमकोट आउने सडकको दूरी घट्यो
+
-

हुम्ला – सदरमुकाम सिमकोट आउने सडक छोडिएको छ। सडक छोटो बनाउन र सुरक्षित स्थानबाट नयाँ सडक निर्माण गरिएपछि सडक छोटिएको हो।

अब कर्णाली करिडोरबाट सदरमुकाम सिमकोट आई पुग्ने सडक सुरक्षित र दुरी पनि छोटिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।रिडोरको सिमकोट गाउँपालिका– ५ को कालाढुङ्गाबाट ओखलढुङ्गासम्मको साँढे छ सय मिटर सडक निर्माण गरिएपछि सडक छोटिएको छ। अब यो सडक सञ्चालनमा आए यात्रा सुरक्षित पनि हुने छ।

यस अघि स्याम्नेको ठ्यालेचौरबाट लाम्पाटी बचुनधारा डाँडा, स्यागस्याग, पून बचुनधारा, मेलविसौना ओखलढुङ्गा भएर सिमकोटसम्म सडक निर्माण गरिएको थियो।सो सडकको दुरी चार किलो मिटर लम्बाई रहेको छ। सिमकोट खार्पु बाह्र किलोमिटर सडक रहेको छ। अब नयाँ स्थानमा सडक निर्माण गरिएपछि तीन दशमलव चार सय किलो मिटर सडक छोटिएको छ। सडक छोटिने मात्र नभएर सुरक्षित स्थानमा समेत सडक निर्माण गरिएको छ। यसअघि निर्माण गरिएको सडक साँघुरो र भीर पनि पथ्र्यो।

दुरी छोट्याएर निर्माण गरिएको सडक भदौ १ गतेबाट सञ्चालनमा आउने र त्यसपछि पहिलेको सडक भो बन्द हुनेछ। हालको सडक भएको स्थानीय दुरी लामोका साथै असुरक्षित भएको भन्दै कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको समन्वयमा सिमकोट गाउँपालिका– ५ का स्थानीय जग्गाधनीसंग भएको छलफलले सकरात्मक रुप लिदा अहिले नयाँ स्थानबाट निर्माण गर्न संभव भएको हो। सडक पुर्वाधार बिकास कार्यालयले एक महिनामा निर्माण गरेको हो। उक्त सडकको ट्राक खुलाउने कार्य भएको भएपनि त्यसलाई स्तरोन्नती गर्ने काम भने बाँकी नै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?