
काठमाडाैँ – ग्लोवल रिचले काठमाडांैमा अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्ने भएको छ। अष्ट्रेलिया जाने तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै ग्लोवल रिचले साउन ३० गते काठमाडौंमा मेला आयोजना गर्न लागेको हो । संस्थाले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एजुकेशन फेयरको बारेमा जानकारी गरायो।
मेलामा अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी भएर नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा, सुविद्या, छात्रवृत्ति लगायतका बारेमा जानकारी गराउनेछन्। विद्यार्थीले अष्ट्रेलियामा पुगेर कुनै झमेलामा नपरोस् भन्ने उद्देश्यले मेला गर्न लागेको ग्लोवल रिचका प्रतिनिधि प्रिया देवानले बताए।
देवाले भने, ‘ग्लोवल रिचले चाहीँ आउने हप्तामा अष्ट्रेलियन एजुकेशन फेयर गर्दैछ । जुन साउन ३० गते होटल याक एण्ड यतिमा हुन लागेको छ । त्यसैगरी अरु शाखाहरुमा जस्तो चितवन, पोखरा, बुटवल, बिर्तामोड र ललितपुर शाखामा पनि यो फेयर हुन गईरहेको छ। यो फेयरको माध्यमले चाहीँ हामीले अष्ट्रेलियन एजुशेसनका विश्वविद्यालयका प्रतिनिधिहरु प्रत्यक्ष आएर विद्याथीहरुसँग उनीहरुको विषयलाई लिएर, उनीहरुले दिन लागेको सुविधालाई लिएर, विशेष गरी छात्रवृत्तिको लिएर चाहीँ विद्यार्थीहरुले प्रत्यक्ष विश्वविद्यालयका प्रतिनिधीसँग कुरा गर्ने अवसर पाउनेछन् ।’
ग्लोवल रिचले काठमाडौसँगै चितवन, पोखरा, बुटवल, विर्तामोड र ललितपुरका शाखाहरुमा पनि फेयर आयोजना गर्ने जनाएको छ ।