आइपीओ जारी गर्दै अमुदी फुड्स

आइपीओ जारी गर्दै अमुदी फुड्स
+
-

काठमाडौँ- शेयर बजारमा नयाँ नयाँ कम्पनी आउनेक्रम जारी रहेको छ । यसै क्रममा अमुदी फुड्स लिमिटेडले पनि साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । सो कम्पनीले कूल २० लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको हो ।

उत्पादन क्षेत्रका उद्योगलाई साधारण शेयर बिक्रीका लागि प्रतिशेयर अङ्कित मूल्य रु १०० का दरको २० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सोमबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा अमुदी फुड्सकोतर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस कम्पनीको कर्पोरेट अफिस काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा रहेको छ भने चितवनको भरतपुर महानगर १२, गोन्द्राङमा फुड्स उत्पादन गर्ने उद्योग रहेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी, शिक्षाविद् तथा ख्यातिप्राप्त व्यक्तित्वको लगानी रहेको छ ।

अमुदी फुड्स लिमिटेडले विभिन्न ब्राण्डका स्न्याक्स उत्पादन गर्दै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?