नेप्सेमा २६ अंकको गिरावट

नेप्सेमा २६ अंकको गिरावट
+
-

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव २२ अङ्कले घटेर दुई हजार ७९६ दशमलव २४ बिन्दुमा कायम भएको छ। आज परिसूचक शून्य दशमलव ९२ प्रतिशतले घटेको हो।

आज ३२३ कम्पनीका एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर ७८ हजार २२६ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ बराबरको कारोबार भएको हो।

होटल तथा पर्यटन समूह एक दशमलव ३२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ शून्य दशमलव ९४, विकास बैंक शून्य दशमलव ७६, वित्त एक दशमलव ५३, जलविद्युत् एक दशमलव २६, लगानी शून्य दशमलव ६६, जीवन बीमा एक दशमलव ०६ र उत्पादन तथा प्रशोधन समूह एक प्रतिशतले घटेको छ।

लघुवित्त एक दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव २४, निर्जीवन बिमा शून्य दशमलव ८१, व्यापार शून्य दशमलव ८६ र अन्य समूह शून्य दशमलव ६२ प्रतिशतले घटेको छ।

सिटी होटल लिमिटेडको शेयर मुल्यमा सकारात्मक सर्किट लाग्दा सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू २६ करोड ७७ लाख ५५ हजार २९३ बराबरको शेयर कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको छ लाख छ हजार ३१७ कित्ता शेयर किनबेच भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?