
काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन्।
मंगलबार बागमती प्रदेशसभा बैठकमा बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो। उनको पक्षमा ६३ मत र विपक्षमा २२ मत खस्यो। ७ जना तटस्थ बसे।
बैठकमा ९२ जना प्रदेशसभा सदस्य उपस्थित थिए।
नेपाली कांग्रेस र नेकपा एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा बानियाँ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।