
चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी सार्वजनिक स्थल तथा सामाजिक सञ्जालतिर पनि देखिदैनन् तर तीज नजिकिँदा विष्णु माझीको गीतको प्रतीक्षा भने सर्वत्र हुन्छ। त्यसैले २०८२ सालमा पनि तीजकाे अवसर पारेर उनैकाे स्वरमा नयाँ गीत सार्वजनिक भएकाे छ।
बुधबार ‘म त नराउरी’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो। ‘पुतलीकाे भट्टी’ भाग २१ का रूपमा बजारमा आएकाे याे गीतका रचना तथा संगीतकार उनका श्रीमान सुन्दरमणी अधिकारी हुन्।
भिडिओमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’ की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन्।
सपना म्युजिक इन्डस्ट्रीकाे प्रस्तूति रहेकाे गीतकाे भिडियाे निर्देशन तथा निर्माण संगीतकार अधिकारीले नै गरेकाे हुन्।
भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टको हो।