
हुम्ला – सर्केगाड गाउँपालिका–३ उनापानी गाउँका १३ घुरधुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस प्रवेश गर्नेमा माओवादी केन्द्रका कार्यकर्ता रहेका छन्।
माओवादी केन्द्रमा असन्तुष्ट रहेका सदस्यहरु सो पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको वडाध्यक्षसमेत रहेका अकिल कार्कीले जानकारी दिए। माओवादी केन्द्र छाडी नेपाली कांग्रेस प्रवेश गर्नेमा सुनाम फडेरा, कुसुमा फडेरा, पुने फडेरा, जनक रावत, काँसिराम फडेरा, शान्त फडेरा, घोगी थापा, भर्कला फडेरा, विरेन्द्र कार्की, सुम्री रावत, सुमित्रा फडेरा, वनुमाया कार्की र सत्य थापा छन्।
कांग्रेस प्रवेश गर्ने सवैलाई वडाध्यक्ष कार्कीले खादा र अविर लगाउँदै सदस्यता बितरण गरेर कांग्रेसमा स्वागत गरेका थिए। काँग्रेस प्रवेश गर्ने माओवादीका कार्यकर्ताले उक्त पार्टीमा नाता र कृपावाद हावी भएको कारण सो पार्टी छोड्नुपरेको बताएका छन्।