मेडिकेयर अस्पताल र नाम्खा गाउँपालिकाबीच सम्झौता

मेडिकेयर अस्पताल र नाम्खा गाउँपालिकाबीच सम्झौता
+
-

हुम्ला – काठमाडौंको मेडिकेयर अस्पताल र हुम्लाको दुर्गमको नाम्खा गाउँपालिकाबीच सम्झौता भएको छ। नाम्खा गाउँपालिकाका स्थायी वासिन्दाले काठमाडौंको उक्त अस्पतालमा उपचारमा छुटको ब्यवस्था दिने गरी सम्झौता भएको हो।

मेडिकेयर अस्पताल र आफ्नो गाउँपालिकाीिच ६ बँुदे सम्झौता भएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिए।
उनका अनुसार नाम्खा गाउँपालिकाको स्थानीय बासिन्दा भएको सिफारिस गाउँपालिकाले गरिसकेपछि मेडिकेयर अस्पतालले बाहिरका आपूर्तिकर्ताबाट लिनुपर्ने बाहेकका सेवामा १० प्रतिशत छुटको सुविधा दिने गरी दुई पक्षबीच सम्झौता भएको छ।

सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिएको नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी र मतदाता परिचयपत्रका आधारमा बिरामीको गाउँपालिकाले सिफारिस गरेपछि सम्झौता अनुसारको छुटको ब्यवस्था अस्पतालले गर्नेछ।

त्यसैगरी यो सम्झौताअनुसार ओपिडी, परामर्स र अस्पतालले बाहिरका आपुर्तीकर्ताबाट लिनु पर्ने सेवाबाहेकका अन्य सवै सेवामा बिरामीलाई दश प्रतिशत छुट दिने ब्यवस्था गरिएको छ। अस्पताल मल्टीस्पेसियालीटी भएकोले सवै खाले स्वास्थ्य सेवाका लागि गाउँपालिकाले उक्त अस्पतालमा पठाउनु पर्ने र सो अस्पतालमा नभएका सेवाका लागि उचित सेवा प्रदायककोमा रिफर गर्नेछ। सम्झौता कार्यान्वयन गर्ने सन्दर्भमा कुनै बिमती वा समस्या देखिए दुवै पक्षको सहमतिमा टुङ्गो पुर्याईने छ।

यो सम्झौता एक वर्षका लागि लागू हुनेछ र दुवै पक्षको समझादारीमा पून एक वर्षका लागि नविकरण गर्न सकिनेछ। सम्झौतामा पत्रमा नाम्खा गाउँपालिकाको तर्फबाट अध्यक्ष लामाले र अस्पतालको तर्फबाट महाप्रवन्धक हरिभक्त सिग्देलले गरेका छन्। यो सम्झौता अक्षरशः कार्यान्वयनका लागि पनि दुवै पक्षले प्रतिबद्धतासमेत जनाएका छन्।

यसले भौगोलिक रुपमा ठुलोका साथै बिकटमा स्थानीयलाई उपचारका सहयोग पुग्ने बिस्वास अध्यक्ष लामाले गरे। सम्झौतापछि महाप्रवन्धक सिग्देलले सामाजिक उत्तरदायीत्व अन्र्तगत अस्पतालले दुर्गमका वासिन्दालाई यो सुविधा दिने ब्यवस्था गरिएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?