
एन.ए.एन. मेरीटाइम ट्रेनिङ एण्ड एजिन्सी प्रा.लि.का सञ्चालक रहेका सिंहमाथि ६६ जना व्यक्तिबाट ४ करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोप लागेको छ।
कार्यालयका अनुसार पोखरा २७ को डाँडाको नाक क्षेत्रमा लुकीछिपी बसेका सिंहलाई स्थानीय प्रहरीको समन्वयमा समातिएको हो।
सिंहलाई थप अनुसन्धान र कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको छ।
बझाङको बुङ्गल नगरपालिका– ६ का सिंह बूढानीलकण्ठ नगरपालिका– ९ मा बस्दै आएका थिए ।
सिंहले एन.ए.एन. मेरीटाइम ट्रेनिङ एण्ड एजिन्सीमार्फत विदेश पठाउने प्रलोभन देखाएर दर्जनौं व्यक्तिबाट करोडौं असुलेको प्रहरी अनुसन्धानमा खुलेको छ।