संघीय राजधानी काठमाडौँको सडकको अवस्था (फोटो-फिचर)

संघीय राजधानी काठमाडौँको सडकको अवस्था (फोटो-फिचर)
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रतिनिधिसभामा विकाशको फेहरिस्ता प्रस्तुत गर्दै गर्दा संघीय राजधानी काठमाडौँकै ३१ नं वडाको शंखमुल गणेशमार्ग सडक भने महिनौदेखि हिलाम्मे भएको छ ।

वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा सो क्षेत्रका स्थानीयहरू दिनहुँ हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् ।

३१ नं वडाका वडा अध्यक्ष सरोज ढकालका अनुसार स्थानीय माग अनुसार ८२ इन्चको ३८३ मिटर ढल राखिएको र मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम गरिएको जानकारी दिए ।

सो सडकमा ढल व्यवस्थापनको काम सकिए पनि निर्माण कम्पनीले बाँकी काम नगर्दा हिलाम्मे सडकमा स्थानीय सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।

२०८२ असोज मसान्तसम्म काम सक्ने गरी श्री टुँडाल कन्स्ट्रक्सन एण्ड सपलायर्स प्रालि ले रु. १०७१९३२३.६८ भ्याट र पी एस बाहेक निर्माण सम्झौता गरेकोमा ढल निर्माण पश्चातको काम अगाडी बढ्न सकेको छैन ।

स्थानीय व्यापारी सरोज तिमल्सिना अनुसार वडा र ठेकेदारले राम्रो काम नगरे बताउँदै, ढल व्यवस्थापनको क्रममा खनिएको माटो सडकमै राखिनाले अहिले यो अवस्था आएको उनले जनाए ।

वैशाख २८ गतेबाट खनिएको सडक अहिले पनि जस्ताको त्यस्तै हुनुमा वडा र ठेकेदार कम्पनीले लापर्बाही गरेको स्थानीयले गुनासो गरेका छन् ।

थप तस्बिरहरू:


तस्बिर: नेपाल फोटो लाइब्रेरी।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?