
काठमाडौँ – सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सर्वसाधरणले आउ जाउ गर्दा तिर्नुपर्ने शुल्क निर्धारण गरेको छ।
सडक बोर्डको सिफारिसका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शुल्क निर्धारण गरेको हो। यसअघि प्रस्ताव गरेको साना सवारीको दस्तुर घटाएर ठुलाको बढाएको हो ।
सरकारले सुरुङ मार्गको प्रयोगलाई बाध्यबारी नभइ स्वइच्छिक बनाएको छ।
सरकारले निर्धारण गरेको शुल्कअनुसार कार तथा भ्यान, जीप, पिकअप, माइक्रोबसलाई काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ शुल्क तोकिएको छ।
यस्तै मिनिबस, मिनिट्रक र टिपरलाई काठमाडौँ प्रवेशमा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ निर्धारण गरिएको छ।
बस तथा ट्रक काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ ।
यस्तै भारी सवारीको हकमा भने काठमाडौँ प्रवेशमा ६०० र बाहिरिँदा २५० दस्तुर तोकिएको छ ।