जीवन निर्वाहको आधारः मिश्रित बालीको परम्परा

जीवन निर्वाहको आधारः मिश्रित बालीको परम्परा
+
-

मुगु – हिमाली जिल्ला मुगुका किसानहरू अहिले पनि पुस्तौँदेखिको परम्परा अनुसार एउटै जमिनमा दुई वा दुईभन्दा बढी बाली सँगै खेती गर्ने प्रचलनलाई निरन्तरता दिइरहेका छन्। आधुनिक प्रविधि र बजारमुखी खेती विस्तार हुँदै गए पनि यहाँको भौगोलिक अवस्था, मौसमको प्रकृति र जीवनशैलीका कारण मिश्रित खेती अझै पनि जीवन निर्वाहको आधार बनेको छ।

पाखो खेतमा धानसँगै तिल, भटमास, मकैसँगै कोदो, आलुसँगै फापर वा तोरी लगाउने परम्परा यहाँ सामान्य छ। यसरी खेती गर्दा जमिनको उपजाउ शक्ति लामो समयसम्म जोगिने, रोग–कीराको प्रकोप घट्ने र एउटै समयमा अन्न, दलहन तथा तेलहन बाली उत्पादन हुने भएकाले किसानहरूलाई खाद्यान्न र पोषण दुवैमा सहयोग पुग्छ।

स्थानीय कृषक प्रेम बहादुर मल्लका अनुसार, “मिश्रित खेतीले एकातिर जमिनको सदुपयोग हुन्छ, अर्कोतिर बालीबीचको पारस्परिक लाभका कारण उत्पादनमा कमी आउँदैन। हामीलाई बजारबाट किन्ने झन्झट पनि घट्छ।”

कृषि प्राविधिकहरूका अनुसार, हिमाली भेगमा समय, तापक्रम र पानीको उपलब्धता सीमित हुने भएकाले मिश्रित खेतीजस्तो परम्परागत प्रणाली अझै पनि उपयुक्त छ। यसले प्राकृतिक स्रोतको सही उपयोग गर्ने मात्र होइन, विपद्को समयमा खाद्य सुरक्षा कायम राख्न पनि मद्दत पुर्‍याउँछ।

यद्यपि, बजारसम्मको पहुँच र भण्डारण सुविधा अभाव, किसानको श्रमशक्ति कमी, तथा कृषि योजनामा पर्याप्त ध्यान नपुगेका कारण उत्पादनलाई आम्दानीमा रूपान्तरण गर्ने चुनौती भने कायम छ। तर, किसानहरू विश्वास गर्छन्— जबसम्म मौसम, माटो र जीवनशैली यस्तै रहन्छ, मुगुमा मिश्रित खेतीको परम्परा कायमै रहनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?