
मुगु – छायानाथ रारा नगरपालिकामा वडा अध्यक्षहरुले हालसम्म लगाएको ताला खुलेको छैन। प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेको सहजीकरणमा बिहीबार बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि सेवा अवरुद्ध भएका छन्।
वडा अध्यक्षहरुले नगरप्रमुख विष्णुकुमार भाम र प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम जिल्ला नआएसम्म तालाबन्दी नखोल्ने अडान दोहोर्याएका छन्। उनीहरुले करार कर्मचारी म्याद थपमा मनपरी, १७औं नगरसभा छलकपटसहित सञ्चालन गरेको आरोप लगाएका छन्।
हाल १४ मध्ये ११ वडाका अध्यक्षहरुको तालाबन्दीका कारण नगरपालिकाका सम्पूर्ण सेवा अवरुद्ध बनेका छन्। नगरप्रमुख भाम भने २–३ दिनभित्र जिल्लामा फर्किने जानकारी नगर उपप्रमुख ऐश्वर्या मल्लले दिएकी छन्।