
हुम्ला – साउने पूर्णिमामा लगातार पाँच दिन देउडा खेल खेलिँदा यी दुवै स्थान फोहोर भए पनि त्यसको सरसफाइ गरिएको छ। शुक्रबार बिहान खेलमैदान र सिमसार क्षेत्रको सरसफाइ गरिएको हो।
खेलमैदान र सिमसार क्षेत्रमा फोहोर जम्मा भएर निक्कै दुगन्धित भएपछि त्यसको सरसफाइ गरिएका उक्त कार्यक्रमको आयोजक नेपाल प्रेश युनियन हुम्लाका उपाध्यक्ष छपाल लामाले बताइन्।
दुवै क्षेत्रमा प्लाष्टिकलगायत फोहोर फालिएका थिए। साउने पूर्णिमाको पछिल्लो दिनबाट पञ्चमीसम्म लगातार पाँच दिन यी दुवै स्थानमा देउडा खेलहरु खेलिदा फोहोर निक्कै भएको थियो। स्वयम सेवाका रुपमा सदरमुकाम कै आकर्षण स्थान खेलमैदान र सिमसार क्षेत्रमा जथाभावी फोहोर पाल्नाले स्थान कुरुपका साथै दुगन्र्ध समेत बढेपछि सरसफाइ कार्यक्रम गरिएको हो।
देउडा खेल्ने तर फोहोर कसैले पनि नउठाउनले यी पर्यटकीय क्षेत्र दुर्गन्धित हुँदै आएका छन्। पटक पटक सो स्थानमा जमेको फोहोर सामाजिक सङ्य संस्थाहरुले उठाउने कार्य गर्दै आएका छन। यसरी जथाभावी फोहोर फाल्नाले सार्वजनिक स्थानहरु दुगन्धित हुने गरेका छन। यी दुवै स्थानमा गरि चौध बोरा फोहोर सङ्कलन गरेर सिमकोट बजारको धुपी रुपमा जम्मा गरिएको थियो। सो फोहोर शुक्रबारै ट्याक्टरले डम्पिङ साईटमा ढुवानी गरेर ब्यवस्थापन गरिएको छ।