टप इन्ड टी–२० सिरिजः पहिलो खेलमा नेपाल ४२ रनले पराजित

टप इन्ड टी–२० सिरिजः पहिलो खेलमा नेपाल ४२ रनले पराजित
+
-

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आजबाट सुरु भएको टप इन्ड टी–२० सिरिजको पहिलो खेलमा हार भोगेको छ। घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग नेपाल ४२ रनले पराजित भएको हो। १७८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सफल भयो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाउँदा गुल्शन झाले १० बलमा दुई चौका र दुई छक्काको सहयोगमा २६ रन बनाए। त्यस्तै कप्तान रोहितकुमार पौडेल २३, दीपेन्द्रसिंह ऐरी १९ र आशिफ शेख ११ रनमा आउट भएका थिए।

नर्दर्न टेरिटोरीका म्याट ह्यामन्डले सर्वाधिक तीन विकेट लिंदा केन रिचर्डसनले २ विकेट लिएका थिए। त्यस्तै थोमस एन्ड्रयुज र हामिश मार्टिनको नाममा समान एक–एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नर्दन टेरिटोरीले निर्धारित २०ओभरमा आठ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो।

उसका लागि डार्सी शर्टले ३४ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेल्दा थोम एन्ड्रयुले अविजित ३३, जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ र कप्तान जेक वेदराल्डले ११ रन बनाएका थिए

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिंदा शाहब आलमले २ तथा दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र कप्तान रोहितकुमार पौडेलले समान १–१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?