
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका लागि राजधानी वासिंगटन डिसीबाट आलास्का तर्फ प्रस्थान गरेका छन्। अलास्काको सबैभन्दा ठूलो शहर एङ्करेजतर्फ प्रस्थान गर्दै उनले भू(भाग साटफेरका बारेमा समेत कुरा हुन सक्ने बताए।
उनले पत्रकार सँग भने युक्रेन र रसियाले जमिन समेत साँटफेर गर्नु पर्ने हुनसक्नेबारे छलफल हुन सक्छ तर अन्तिम निर्णयको अधिकार युक्रेनसँगै हुने बताए। नेपाली समय अनुसार पुटिन र ट्रम्प बिचको भेट आज राती १ः१५ बजे हुनेछ। यी दुइको बार्ता ७ घन्टा सम्म चल्न सक्ने बताइएको छ।
ट्रम्प नेपाली समय अनुसार ९स्३० मा आलास्का पुगेका हुन्। पुटिन भने करिब राति १२ बजेर ४५ बजेतिर आलास्का अवतरण गर्ने छन्। ट्रम्प स्वयं पुटिनलाई स्वागत गर्न उनको विमानमा पुग्ने जनाइएको छ।
अलास्का प्रस्थान गर्दै ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्। ‘हाइ स्टेक्स’ अर्थात जोखिमपूर्ण समय भन्दै उनले वार्ताको प्रभाव र अन्योलताको संकेत गरेका छन्। उता, पुटिनले युद्ध अन्त्य गर्ने ट्रम्पका प्रयासहरूको प्रशंसा गर्दै भनेका छन् कि ट्रम्प प्रशासन सबै पक्षका हितमा सम्झौताका लागि ईमानदारीपूर्वक र ऊर्जासाथ काम गरिरहेको भन्दै प्रसंशा गरेका छन्।
बैठकमा पुटिनसँग रूसी विदेश मन्त्री सेर्गेई लाभ्रोभ, अर्थ मन्त्री एन्टोन सिलुआनोभ र आर्थिक सल्लाहकार किरिल दिमित्रिएभ पनि उपस्थित रहने छन्। यसैबीच, अलास्कामा युक्रेन समर्थकहरूले विरोध र्यारली निकालेका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने यो वार्तामा हुने छैनन्। यद्यपी उनले एक्समा एक पोस्ट गर्दै अमेरिकामाथि भरोसा गरिरहेका भनेका छन्। साथै, वार्ताले न्यायपूर्ण शान्तिको बाटो खोल्ने विश्वास ब्यक्त गरेका छन्।