लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनको अपार सम्भावना रहेको प्रदेशः मुख्यमन्त्री आचार्य

लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनको अपार सम्भावना रहेको प्रदेशः मुख्यमन्त्री आचार्य
+
-

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनका दृष्टिले अपार सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै भगवान बुद्धको जन्मभूमिसहित अन्य ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले विदेशी पर्यटक आकर्षित गर्ने बलियो आधार तयार भएको बताएका छन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका हुन् । पर्यटनमैत्री पूर्वाधार, स्वच्छ वातावरण र आतिथ्यपूर्ण व्यवहारमा सबैको ध्यान आवश्यक रहेकोमा उनले विशेष जोड दिए |

मुख्यमन्त्री आचार्यले कृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजलाई आपसी प्रेम, सहिष्णुता र सद्भावको सूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन् । ‘भाषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज मात्र हाम्रो पहिचान नभई सभ्यता र गौरवको आधार हुन्’ शुभकामना सन्देशमा भनिएको छ, ‘यसलाई जोगाउन सबैले आ–आफ्नो स्थानबाट राम्रो सोच, व्यवहार र कर्म गर्न आवश्यक छ ।’

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र संरक्षणका लागि विभिन्न योजना र कार्यक्रम अघि बढाइरहेको छ । प्रेम, मैत्री र सहिष्णुताको भावना बढाउन कृष्ण जन्माष्टमी जस्ता पर्वहरूको महत्वपूर्ण भूमिका रहेको स्मरण पनि उनले गरेका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’