ट्रम्प र पुटिनबीच तीन घण्टा वार्ता, ठोस सहमति भएन

ट्रम्प र पुटिनबीच तीन घण्टा वार्ता, ठोस सहमति भएन
+
-

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अलास्कामा बहुप्रतिक्षित वार्ता सम्पन्न भएको छ। उनीहरूबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा करिब ३ घण्टा लामो बैठक भयो।

बैठकपछि दुवै नेताले जम्मा १२ मिनेटको संयुक्त पत्रकार सम्मेलन गरे। यस क्रममा उनीहरूले पत्रकारका कुनै पनि प्रश्नको उत्तर दिएनन्। आफ्ना भनाइहरू मात्र राखेर विदा भए।

पत्रकार सम्मेलनमा ट्रम्पले सकरात्मक कुराहरू भएको बताए। उनले भने, ‘मलाई लाग्छ हाम्रो बैठक निकै सकारात्मक रह्यो। हामी धेरै बुँदामा सहमत भयौं, तर कुनै सम्झौता भएन। सम्झौता त्यतिबेला मात्र हुने छ जब त्यसलाई अन्तिम रुप दिइने छ।’

त्यसैगरी, रसियाका राष्ट्रपति पुटिनले पनि रूसको सुरक्षा सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे। उनले अर्को बैठक मस्कोमा गर्न सुझाव दिए। आफ्नो कुरा राखिसकेपछि दुवै नेता तुरुन्तै मञ्चबाट बाहिरिएका थिए।

पुटिन झण्डै १० वर्षपछि शनिबार अमेरिकामा आएका हुन्। त्यहाँ उनको स्वागत बी-२ बमवर्षक विमानद्वारा गरिएको थियो। रातो कार्पेटमा उनी आउँदै गर्दा ट्रम्पले ताली बजाएर स्वागत गरे।

त्यसपछि पुटिन, ट्रम्पको कारमा बसेर बैठक स्थलतर्फ प्रस्थान गरेका थिए। अलास्काबाट प्रस्थान गर्नु अघि पुटिनले एङ्करेजस्थित फोर्ट रिचार्डसन स्मारक समाधि स्थलमा सोभियत सैनिकका चिहानमा फूल चढाए।

क्रेमलिनले सार्वजनिक गरेको भिडियोमा पुटिनलाई घुँडामा बसेर चिहानमा फूल अर्पण गरिरहेको देखिन्छ। क्रेमलिनका अनुसार यी चिहानहरू दोस्रो विश्वयुद्धको समयमा अमेरिकाबाट सोभियत संघसम्म सामान पुर्यानउने क्रममा मारिएका सोभियत पाइलट र नाविकको सम्झनामा बनेका हुन्।

अमेरिकाका पूर्व राजदूतको भन्छन्, ‘ट्रम्पलाई शून्य उपलब्धी।’ ट्रम्प र पुटिनको बैठकपछि बीबीसीसँग कुरा गर्दै नाटोमा अमेरिकाका पूर्व राजदूत रहेका डगलस ल्यूटले पुटिनसँगको वार्तामा ट्रम्पले केही पनि उपलब्धि हासिल नगरेको बताए।

उनले पुटिनको अन्तर्राष्ट्रिय एक्लोपन अब अन्त्य भएको बताए। उनी अमेरिकी राष्ट्रपतिको साथ ठूलो मञ्चमा एक महत्वपूर्ण व्यक्ति रूपमा देखिए। उनको भव्य स्वागत भयो, रातो कार्पेट बिछाइयो, ट्रम्पको कारमा सवारीको सुविधा दिइयो यी सबै कुरा पुटिनको पक्षमा थिए।

उनले पुटिनको भव्य स्वागत र उपस्थितीको बदला स्वरूप ट्रम्पले के पाए? भन्दै प्रश्न गरेका थिए। साथै उनले ट्रम्पले केही पनि नपाएको बताए। उनले भने, ‘हामीले निकै कम उपलब्धि हासिल गर्यौं। हामी अहिले युक्रेनमा शान्ति सम्झौतासम्म पुग्न नजिक छैनौं, बरु पहिलेको तुलनामा अझ टाढा हुन सक्छौं।’

ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहाकार भन्छन्, ‘पुटिनको जीत भयो।’ राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बैठकमा पुटिन नै विजयी भएको बताए।

उनका अनुसार, यो बैठकबाट ट्रम्पले खासै केही उपलब्धि हासिल नगरेको बताए। बोल्टनका अनुसार पुटिनले सम्बन्धहरू पुनःस्थापना गर्नमा पर्याप्त प्रगति गरे, जुन उनीहरूको उद्देश्य थियो।

उनले आफ्नो देशलाई प्रतिबन्धबाट जोगाए र युद्धविरामको दबाब भोग्नु परेन। उनका अनुसार अर्को बैठक अझ तय भएको छैन र यसबारे युक्रेनी राष्ट्रपति जेलेंस्कीलाई पहिले जानकारी दिइएको थिएन। समग्रमा, पुटिनले आफूले चाहेको सबै हासिल गरेको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?