मुगुका महिला हाटबजारको व्यवस्था नहुँदा डुल्दै बेच्छन् तरकारी

मुगुका महिला हाटबजारको व्यवस्था नहुँदा डुल्दै बेच्छन् तरकारी
+
-

मुगु – मुगुको सदरमुकाम गमगढीमा हाट बजारको स्थायी व्यवस्था नहुँदा स्थानीय महिलाले बिहानैदेखि पिठ्युँमा डोकोमा तरकारी बोकेर बजारको गल्ली–गल्ली डुल्दै बेच्ने गरेका छन्। सडक किनार, पसल अगाडि र चोक–चोकमा उभिएर उनीहरू उत्पादनको बिक्री गर्ने दृश्य गमगढीमा सामान्य भइसकेको छ।

सदरमुकाममा व्यवस्थित हाट बजार नहुँदा महिलाहरूलाई ग्राहक खोज्दै दिनभर पैदल हिंड्नु पर्ने बाध्यता छ। कतिपय महिलाले भने बिक्रीका क्रममा घाम, वर्षा र चिसो सहनुपरेको गुनासो गरेका छन्।

“हामी बिहान सबेरै घरबाट तरकारी बोकेर आउँछौं, तर बजार नहुँदा गल्लीमै घुमेर बेच्नुपर्छ,” स्थानीय महिला किसान रामकुशुम रोकायाले भनिन् ।

लामो समयदेखि गमगढीमा तरकारी बेच्दै आएकी अर्की कृषक सानु भामले  ग्राहक खोज्न घरघर पुग्नुपर्ने बताइन्। उनले भनिन्, ‘तरकारी बेच्ने एउटा निश्चित ठाउँको ब्यबस्था भए उपभोक्ता हामीलाई खोज्दै आउने थिए। हामीलाई पनि सहज हुन्थ्यो होला।’

स्थानीय व्यवसायी र उपभोक्ताले पनि गमगढीमा स्थायी तरकारी हाटबजार निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’