च्याछरा खण्डमा सडक ढलान अन्तिम चरणमा

च्याछरा खण्डमा सडक ढलान अन्तिम चरणमा
+
-

सिमकोट – हिल्सा–सिमकोट सडकखण्डको सबैभन्दा असजिलो र चट्टानी क्षेत्र रहेको च्याछरा सडकको ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। विस्फोट गर्ने कार्य सकिएसँगै मेसिनले ढुङ्गा फुटाउने र सडकको ग्रेड मिलाउन कार्य सम्पन्न हुँदा सो सडकमा ढलान गरिएकाे हो।

निक्कै असजिलो चट्टानी क्षेत्रका रूपमा परिचित च्याछरा सडकको स्तरोन्नति गर्ने कार्य भएकोे ओसिस इन्जिनीयरिङ एन्ड ब्वील्डर प्रालिका प्रतिनिधि हरि बोगटीले बताए। सिमकोटबाट हिल्सातर्फ जाने र आउने च्याछराको चट्टानी भीर बिष्फोट गर्ने काम सम्पन्न भएकोले ढलान गरिएको हो।

यसअघि त्यसलाई सम्याउने र चौडा पार्ने कार्य गरिने भएको थियो। सातदेखि साँढे आठ मिटर चौडा सडक निर्माण गरिएको छ। भीर क्षेत्रको दक्षिणतर्फ प्लम्प वाल लगाउने कार्य पनि सम्पन्न भएको थियो। च्याछरामा साढे चार सय मिटर सडक ढलान गरिएको छ। सडकको स्तरोन्नति गर्ने कार्य पूरा भएपछि सडक ढलान गर्ने कार्य गरिएको हो।

हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले मुख्य सडक भएका कारण दैनिक काम रोकेर यातायात पनि सुचारु गर्नुपर्ने भएका कारण निर्माण कार्यमा ढिलाई भएको जानकारी दिए। सिमकोट हिल्सा सडकको सवै भन्दा असजिलो खण्डमा पर्ने भएको कारण च्याछरामा ढलान गर्ने कार्य गरिएको छ। उनका अनुसार समग्रमा सडकको निर्माण कार्य सन्तोषजनक रहेको छ। च्याछरा सडक ढलान कार्य गरिएपछि यातायातका साधनलाई समेत सहज भएको छ।

उक्त सडक स्तरोन्नति कार्यका लागि २०७९ सालको चैत १४ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो भने यो काम २०८२ साल चैत १३ गतेभित्र सम्पन्न गर्नुपर्ने छ। कुल लागत ३४ करोड ६५ लाख ८१ हजार १७९ रुपियाँ रहेकोमा हालसम्म २२ करोड छ लाख ६६ हजार ७० रुपियाँ भुक्तानी भएर ६३ दशमलव ५० प्रतिशत वित्तीय प्रगति भएको छ। च्याछराबाट आसी कान्नसम्मको १६ दशमलव ७ किलोमिटर सडकको स्तरोन्नति कार्य ९५ प्रतिशत भौतिक प्रगति भएको उनको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?