काठमाडाैँ – जस्मिन पेन्ट्सले यस वर्ष पनि “चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्स संग” ग्राहक उपहार योजना– २०८२ सञ्चालनमा ल्याएको छ।
चाडपर्वमा थप उमंग र खुशी प्रदान गर्ने उद्देश्यसाथ भदौ १ गतेदेखि कार्तिक ३० गते सम्मका लागि ग्राहक लक्षित उक्त योजना लागू गरेको हो।
यस योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरबाट कम्तीमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्सको उत्पादन खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् र लक्की ड्र मार्फत बिभिन्न उपहार प्राप्त गर्न सक्नेछन्। विजेता घोषणाको लक्की ड्र कार्यक्रम प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ। यस उपहार योजनामार्फत एक हजार ८२ जना ग्राहकले विभिन्न उपहार प्राप्त गर्न सक्नेछन्।
जस अन्तर्गत १ जनाले बम्परमा जापान घुम्न पाउने अवसर, ७५ जनाले डिनर सेट , १०५ जनाले जाडोमा न्यानो बनाउने हिटर , १५१ जनाले अईरन र ७५० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन्। यस ग्राहक उपहार योजनाले सम्पूर्ण ग्राहकहरूको मन जित्न सफल रहनेछ भन्ने पूर्ण विश्वास कम्पनीको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट समेत पुरस्कृत भएको यस कम्पनीले विगत ३१ वर्षदेखि निरन्तर रुपमा “नेपाली मनको रङ” भन्ने स्लोगनका साथ आफ्ना उत्पादन नेपाली ग्राहकसमक्ष पुर्याएकाे जनाएकाे छ।

भर्खरै
लोकप्रिय






































































































































































































