
पाकिस्तान उत्तरपश्चिम भूभागमा आएको मुसलधारे वर्षाका कारण आएको बाढीमा परी ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। विनाशकारी मनसुन बाढी र पहिरोका कारण ३०० भन्दा बढीको मृत्यु हुँदा २०० भन्दा बढी मानिस अझै बेपत्ता रहेको अधिकारीहरुले जनाएका छन्।
आकस्मिक बाढीका कारण पाकिस्तान र पाकिस्तानद्वारा प्रशासित काश्मीरमा ठुलो मानविय क्षती भएको हो। मृतकमध्ये धेरैजना पर्वतीय क्षेत्र खैबर पख्तुनख्वा प्रान्तका नागरिकहरु रहेको जनाइएको छ।
सबैभन्दा बढी प्रभावित जिल्लाका एक स्थानीय अधिकारीका अनुसार त्यहाँ कम्तीमा २०९ जना अझै बेपत्ता छन्, तर यो सङ्ख्या अझ बढ्ने आशंका गरिएको छ। उद्धार टोलीले आठ भन्दा बढी शवहरु भेटाएको र तीनिहरुका आफन्त कोही जीवत फेला नपरेका कारण सुरक्षा उद्दारकर्ताहरु आफैले अन्तिम संस्कार गरेका थिए।
कतिपय आफन्तहरू बाटोहरू अत्यधिक क्षतिग्रस्त भएकाले आफ्ना मृत आफन्तहरूको शवसमेत बुझ्न नसक्ने अवस्थामा छन्। एक प्रान्तीय उद्धार प्रवक्ताले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार १० देखि १२ वटा गाउँ आंशिक रूपमा पुरिएका छन्। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख अस्फन्द्यार खट्टकले भने, ‘शाङ्ग्ला जिल्लामा दर्जनौँ मानिस बेपत्ता भएका छन्।’
जुनदेखि सेप्टेम्बरसम्म हुने मनसुन वर्षाले दक्षिण एशियाको वार्षिक वर्षाको करिब तीन(चौथाइ पानी पर्ने भएकाले यस अवधिमा पहिरो र अचानक बाढी सामान्य भए पनि वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यी मौसमी घटनाहरू झन् तीव्र र बारम्बार हुने बताएका छन्।
भारी वर्षाले भारत प्रशासित काश्मीरलाई पनि प्रभावित पारेको छ, जहाँ केही दिनअघि मात्रै आकस्मिक बाढीका कारण कम्तीमा ६० जनाको मृत्यु भएको थियो। पाकिस्तान प्रशासित काश्मीरमा यसै सात नौ जनाको मृत्यु भएको छ भने उत्तर गिलगित–बाल्तिस्तान क्षेत्रमा थप पाँच जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्।
सरकारी मौसमविद्हरूका अनुसार २१ अगस्टसम्म उत्तर–पश्चिम क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ, जहाँका धेरै स्थानलाई विपद् क्षेत्र घोषणा गरिएको छ। पाकिस्तानले यस वर्षको मनसुनको विनाशकारी प्रभाव जुनदेखि नै भोगिरहेको छ। अहिलेसम्म कम्तीमा ६५० जनाको मृत्यु भइसकेको छ।
जुलाईमा, करिब २५।५ करोड जनसंख्या भएको पाकिस्तानको आधा बस्ती बस्ने पंजाब प्रान्तमा अघिल्लो वर्षको तुलनामा ७३५ बढी वर्षा भयो, जसका कारण अघिल्लो सम्पूर्ण मनसुन मौसमभन्दा धेरै मानिसको मृत्यु भएको छ।
उत्तर पाकिस्तान यस क्षेत्रकै सबैभन्दा बढी हिमनदी (ग्लेसियर) भएको भूभाग हो, तर ती जलवायु परिवर्तनका कारण छिटो पग्लिँदै पातलिँदै गइरहेका छन्। जसका कारण ढुंगा, माटो र अन्य फोहरो पदार्थ खस्ने सम्भावना बढेको छ।
मनसुनको वर्षाले पहाडका सतहलाई अझ अस्थिर बनाउन सक्छ, जसले गर्दा नदी नै थुन्न सक्ने ठूलो पहिरो झन् बढ्ने गर्छ। हालैका बाढी र पहिरोको ठ्याक्कै कारण अझै पत्ता नलागे पनि हिमनदीविद्हरूका अनुसार बरफ पग्लिनु यसमा एउटा मुख्य कारण बनेको छ।