
हुम्ला – अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले एक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्टेसनरी सहयोग गरेका छन्। आइतबार मान्धारा माधमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको हो।
वडा नम्बर ५ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतजंग शाहीको समन्वयमा गाउँपालिका अध्यक्ष सिंहले उक्त विद्यालयमा अध्ययनरत छात्रछात्रालाई उपलव्ध गराएको स्टेसनरी वितरण गरिएको प्रधानाध्यापक दिलबहदुर शाहीले जानकारी दिए।
कक्षा आठदेखि दशसम्मका ६३ जना विद्यार्थीहरुलाई स्टेस्नरी बितरण गरिएको हो। जसमा प्रत्येक विद्यार्थीलाई चार थन कापी र चार थान डड्पेन उपलब्ध गराईएको छ। स्टेस्नरी अध्यक्ष शाहीको उपस्थितीमा बितरण गरिएको हो।