मुगु – छायाँनाथ रारा नगरपालिकामा गत बुधबारदेखि बन्द रहेको ताला आइतबारबाट खुलेको छ। असन्तुष्ट ११ वडा अध्यक्षहरुले नगरप्रमुख विष्णु कुमार भामलाई चावी बुझाएपछि नगरपालिकाको सेवा सुचारु भएको हो।
नगरप्रमुख भामविरुद्ध १७औँ नगरसभा छलकपटपूर्वक सञ्चालन गरेको, वडा सचिव र करार कर्मचारी व्यवस्थापनमा अनियमितता गरेको भन्दै वडा अध्यक्षहरुले आन्दोलन सुरु गरेका थिए। तर, लामो समयसम्म जनताको आवश्यक सेवा अवरुद्ध हुँदा प्रत्यक्ष असर पर्न थालेपछि विना सर्त चावी बुझाउने निर्णय भएको वडा अध्यक्षहरुले बताएका छन्।
नगरप्रमुख भामले भने आफ्नाविरुद्धका सबै आरोप निराधार रहेको स्पष्ट गर्दै, मागहरु नियमसम्मत नभएकाले पूरा गर्न नसकिने अडान दोहोर्याएका छन्।
उता, आन्दोलनरत अध्यक्षहरुको तर्फबाट वडा नं। २ का अध्यक्ष परेकराज चौलागाईंले “हाम्रा माग र विरोध कायम नै छन्। जनतामाथि नकारात्मक असर पर्न थालेपछि मात्रै चावी बुझाएका हौं,” भन्दै विशेष नगरसभा बोलाउन दबाब दिने तयारी भइरहेको जानकारी दिएका छन्।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































