
हुम्ला – सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँका २२ जना दुई पार्टीका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। सोमवार उनापानीमा एक कार्यक्रम आयोजना गरी उनीहरू कांग्रेस प्रवेश गरेका हुन्।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका २२ जना कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस क नम्बर प्रदेशका सभापति मानदेव शाहीले जानकारी दिए। उनका अनुसार कांग्रेसका पूर्वसभापति एवं कर्णाली प्रदेशका सदस्य जयपति रोकाया अबिर लगाउँदै सदस्यता प्रदान गरेका हुन्।
कांग्रेस प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्रबाट प्रेम फडेरा, गोर्ख फडेरा, गोर्ख फडेरा, जानकला फडेरा, अखिल फडेरा, वाटुल्ली फडेरा, मेगु थापा नेकपा एमालेबाट र एकिकृत समाजवादीबाट जाडु फडेरा, लुटु कार्की, जसे फडेरा, कुम्मेर फडेरा, सिद्ध कामी, धनिकला कामी, चैनबहादुर फडेरा, याङ्गी फडेरा, गुरु फडेरा, धनकौरा फडेरा रावत, प्यारी फडेरा, पानकला कामी, गदुरी फडेरा, लक्की भियाल र बुद्धि फडेरा छन्।
प्रवेश कार्यक्रममा पूर्वसभापति जयपति रोकायाले नयाँ आउनेलाई समान अवसर प्रदान गरिने र सक्रिय भएर संगठन निर्माणमा लाग्न आग्रह गरे।
कार्यक्रम प्रदेश सभापति शाही, कोषध्यक्ष मैना बुढा, महिला संघ क नम्बर प्रदेशकी अध्यक्ष् पबित्रा देबकोटा, वडा अध्यक्ष अकिल कार्कीलगायत सहभागी थिए भने कार्यक्रम वडा सभापति मिनबहादुर फडेराको सभापतित्वमा भएको थियो। कांग्रेस प्रवेश गर्नेहरूले आफु वसेको पार्टीको चर्को आलोचनासमेत गरेका थिए।