नेप्से परिसूचक ९ अंकले बढ्यो

नेप्से परिसूचक ९ अंकले बढ्यो
+
-

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक नौ दशमलव १६ अङ्कले बढेर दुई हजार ७७० दशमलव ३९ विन्दुमा कायम भएको हो।

आज ३२० कम्पनीको एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६७ हजार ९५९ पटक खरिद–बिक्री हुँदा रु छ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ बराबरको कारोबार भएको छ।

म्युचुअल फन्ड समूह शून्य दशमलव ४९ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ। बैङ्किङ शून्य दशमलव १७, विकास बैङ्क शून्य दशमलव ३१, वित्त शून्य दशमलव ०९, होटल तथा पर्यटन शून्य दशमलव २४ र जलविद्युत् समूह शून्य दशमलव ९७ प्रतिशतले बढेको छ। त्यस्तै, लगानी शून्य दशमलव ४३, जीवन बिमा शून्य दशमलव ३२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४९, लघुवित्त शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ३८ र व्यापार एक दशमलव २९ प्रतिशतले बढेको छ।

आज युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरे घट्नेमा भने सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ८१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २१ करोड ७४ लाख २८ हजार ८३१ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनी लिमिटेडको छ लाख २७ हजार १३८ कित्ता शेयर किनबेच भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?